फुटबल प्रतियोगिता भद्रपुरमा आइतबारदेखि सुरु

0
748

भद्रपुर ।

झापा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता भद्रपुरमा आइतबारदेखि सुरु भएको छ ।

ख्रिष्टमस २०१९ र नववर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरले आयोजना गरेको उद्घाटन खेलमा आयोजक बिलिभर्स इष्टर्न चर्च क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको खेल मैदानमा आयोजित खेलमा बिलिभर्स इष्टर्न चर्च इलामलाई शून्यको विरुद्ध चार गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक भद्रपुर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

बिलिभर्स इष्टर्न चर्च भद्रपुरका कप्तान माइकल शर्मा र विकास शर्माले २/२ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमका कप्तान शर्मा घोषित भए । सोमबार राजगढ फुटबल क्लब र भिमनगर फुटबल क्लबबिच प्रतिस्पर्धा हुने जनाइएको छ ।

खेल आयोजक समितिका संयोजक अनिल लिम्बुको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेकपाका नगर सहइञ्चार्ज नरेश सन्जेल, तरुण दलका क्षेत्रीय सभापति खडक सुब्बा, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ, वडा सदस्य लता कार्की लगायतको उपस्थिति रहेको थियो ।

बिलिभर्स इष्टर्न चर्च भद्रपुरका फादर जगत् वाग्ले खेलको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन विक्रम वाग्लेले गरेका थिए । प्रतियोगितामा पाँच वटा चर्च र पाँच वटा क्लब गरी १० वटा टिमको सहभागिता हुने आयोजक समितिले जनाएको छ । विजेता टिमलाई नगद ३० हजार र उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफि प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here