विदेशबाट फर्किएका नेपालीहरु उद्यम गर्न जागरुक

0
671
भरत शिवाकोटी / काठमाण्डौं ।
राष्ट्रिय युवा परिषद मार्फत युवा तथा खेलकुद मन्न्त्रालयको नेतृत्वमा सहुलियत पूर्ण कार्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ को दोस्रो संसोधन भए लगत्तै विदेशबाट फर्किएका नेपालीहरु उद्यम गर्न जागरुक बनेका छ्न ।
प्रवासबाट फर्किएका नेपालिहरुलाइ एकीकृत गर्दै देशको विकास र समृद्दिमा सारथि बन्ने अठोटका साथ दुई बर्ष अघि स्थापना भएको वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको सामाजिक संस्था रिट्रनी माइग्रेण्ट नेपाल ले स्वरोजगार बन्न र रोजगारी सृजना गर्न देशभर कसरत गरिरहेको छ ।
आफ्ना परिवारको खुशीको लागि र भविश्यको सुन्दर सपनालाई साकार पार्ने उदेश्य बोकेर आफ्नो परिवार मात्र होइन मातृभुमी नै छोडेर ७ वर्ष सम्म इजरायलमा श्रम गरेर स्वदेश फर्केकी समाजसेबी ४३ बर्षीया साहसी एकल महिला सपना थापा ले काठमाडौको कौशलटारमा अर्गानिक तेल मिल स्थापना गरेकी छ्न ! आफ्नो गाउँटोलका आमाबुबाहरु सधै बिमारी भएर अस्पताल जाने अनि कमाएको सबै पैसा अस्पतालमा बुझाउनु परेको देख्दा दुखी हुने सपनाले लामो समय बिमारी भएर इजरायलमा दु:ख गरेर कमाएको लाखौं रुपियाँ समेत अस्पतालमा नै बुझाएको सम्झन्छिन ।
यसपछी मान्छे किन बिमारी हुन्छन, भनेर अनुशन्धान थालेको र सबै रोग को जड भनेको हामीले खाने विशेष गरि तेल जन्य र अन्य खाद्य पदार्थ रहेको पता लगाएकि उनले गाउँका आमा दिदिबहिनिहरुलाइ उत्प्रेरणा जगाउन र जिन्दगीलाई जस्तासुकै समस्या भए पनि हासेर जिउन सकिन्छ भन्ने पुस्टि गर्न भक्तपुरको कौशलटार मा ३ रोपनी जग्गा भाडामा लिएर जिवन विज्ञान सेन्टर खोलेर ध्यान योग सिकाउदै देशभरि नै मिसावट नभएको खाद्यान्न उद्द्योग खोल्ने उदघोस गरिन र झन्डै १५ लाख खर्च गरेर सत्यम शिवम सुन्दरम खाद्य उधोग स्थापना गरेकी छ्न ।
उधोग स्थापना ले सिङ्गो गाउँ नै उत्साहित भएको उनका सहयोगी प्रकाश कोइरालाले बताएका छ्न ! ३ रोपनी जग्गा भाडामा लिएर बनाएको ठुलो टहरामा शुद्द तोरीको तेल पेल्ने मिलको आज झन्डै १०० जना भन्दा बढि स्थानीय उपभोक्ता, रिटर्नी माइग्रेंट नेपालका केन्द्रीय महासचिब लक्ष्मी प्रसाद आचार्य , केन्द्रीय सचिबालय सदस्य काजि बहादुर थापा, प्रदेश न. १ का सचिब भरत शिवाकोटी, कृषिबिज्ञ युबलीला क्षेत्री, जिवन विज्ञान का शिक्षकहरु को बृहत उपस्थितिमा उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै रिटर्नी माइग्रेंट नेपाल का केन्द्रीय महासचिब लक्ष्मी प्रसाद आचार्यले देशको विकास र समृद्दी उपभोक्ताहरुले दैनिक उपभोग गर्ने मिसावट रहित खाद्यान्न सग समेत जोडिएको हुँदा सपना जस्ता महिलाहरुलाई राज्यले प्रोत्साहित गर्न जरुरी रहेको बताउदै देशभरका रिटर्नीहरु उधम सग जोडिन शुरु गरेको र तेस्को एउटा नमुना समाजसेवि सपना थापा भएको बताएका थिए ।
आचार्यले सपना को सपना लाइ साचिकै साकार बनाउन देशभर रहेका रिट्रनीहरुले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता समेत प्रकट गरेका थिए भने स्थानीय उपभोक्ताहरुले यस्ता मिसावट नभएका उत्पादनहरु खोजि खोजि सेवन गर्ने हो भने हाम्रो व्यपार घाटा स्वात्तै घट्ने समेत उल्लेख गरेका थिए ।
त्यस्तै कार्यक्रममा उपस्थिति महानुभाव हरुलाइ धन्यबाद दिदै उधोगी सपना थापाले ५ बर्ष सम्म प्राकृतिक खाद्यान्नहरु कुनै नाफा नराखी उपलब्ध गराउने प्रतिबद्दता ब्यक्त गर्दै पिठो एवम चामल लगायत तयार गर्ने मेसिनहरु समेत ल्याएर उत्पादनमा जोडने बताएकी थिइन ! कार्यक्रममा जिवन विज्ञानका गुरु एवं कृषि विज्ञहरुले आ-आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here