शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमवार ¥याली निकालिएको छ । सुनमाई महिला विकास समितिको अगुवाई तथा सात नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्रका विभिन्न महिला समुहका महिलाहरुले ब्यानर, प्ले कार्ड सहित ¥याली निकालेका हुन् ।
घरेलु हिंसा अन्त्य गरौं, महिला माथि हुने हिंसा अन्त्य गरौं, बलात्कारीलाई कडा भन्दा कडा सजाय दिलाउ, बालबालिका तथा चेलीबेटी बेचविखन रोकौं सहितको प्लेकार्ड बोकी झापा र इलामको सीमा देउराली डाँडा हुदैं धारागोला, जोगिडाँडा परिक्रमा गरी सात नम्वर वडा कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । उक्त ¥यालीमा सात नम्वर वडाध्यक्ष मात्रिकाप्रसाद पौड्याल, सामाजिक ब्यक्तित्व, पत्रकार लगायतको पनि उपस्थिति थियो ।

कोणसभामा बोल्दै बुद्धशान्ति गाउँपालिका महिला विकास शाखा प्रमुख मीना विष्टले बालवालिका देखि नै लै·िक हिंसा विरुद्ध सचेतना फैलाउनु पर्नेमा जोड दिईन् । सुनमाई महिला विकास समितिकी अध्यक्ष हिमा गेलालको अध्यक्षतामा आयोजित कोण सभामा सात नम्वर वडा सदस्य मात्रिकाप्रसाद निरौला, वडा महिला सञ्जालकी अध्यक्ष टीका अर्याल, सामुदायिक स्वास्थ्य इकाईकी अनमी कल्पना अधिकारी लगायतले लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम फैलाउनु पर्ने बताए ।

करिव ७० जना बढी महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सुनमाई महिला विकास समितिकी सचिव सावित्रा आचार्य(निरौला) ले गरेकी थिईन् । ंयस बर्षको लै·िक हिंसा विरुद्धको १६ दिने अभियानको नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने तय गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान मनाउने गरिन्छ । विश्वमा सन् १९९१ देखि सुरु भएको यो अभियान नेपालमा २०५४ सालदेखि सुरु भएको हो ।































