बुद्धनगर कल्याणकारीको नेतृत्व चयन

0
1095

बिर्तामोड।

बिर्तामोड–५ स्थित बुद्धनगर कल्याणकारी बचत तथा ऋण सकहारी संस्थाको अध्यक्षमा युवराज प्रसाई चयन भएका छन् ।

संस्थाको नवौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि प्रसाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा अग्निदेव लुइँटेल, सचिवमा देवीभक्त आचार्य, सहसचिवमा दुर्गाप्रसाद शिवाकोटी र कोषाध्यक्षमा खेमनाथ मिश्र चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पारसमणि कडरिया, बलबहादुर श्रेष्ठ, पुण्यप्रसाद शिवाकोटी, होमादेवी कडरिया, देवी न्यौपाने र नेत्रप्रसाद बुढाथोकी चयन भएका छन् ।

सोही साधारण सभाले लेखा समितिको संयोजकमा ओदराज सापकोटा र सदस्यहरुमा भीमकुमारी विष्ट र अम्बरबहादुर कार्कीलाई चयन गरेको छ । संस्थाका अध्यक्ष युवराज प्रसाईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत लेखा समिति संयोजक ओदराज सापकोटाले गरेका थिए ।

कार्यक्रममा जिल्ला बचत सहकारी संघ झापाका सहसचिव उपेन्द्रप्रसाद ओली, झापा जिल्ल्ला सहकारी संघकी सदस्य तुलसादेवी कुँवर, मिलनसार सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटा, राष्ट्रिय सहकारी संघका राजेश थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक प्रेमकुमार श्रेष्ठ, अभिचन्द्र पोखरेल, उत्कृष्ट ऋणिमा दिपकचन्द्र गौतम र उत्कृष्ट कर्मचारीमा सुनिता श्रेष्ठ, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये कुशल न्यौपाने, सञ्जु पाठक र निश्चल आचार्य, बचतकर्ता विष्णुप्रसाद राजवंशी, देवीका श्रेष्ठ थापा र डम्बरकुमारी चुडाललाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुँजी एक करोड १४ लाख ३८ हजार सात सय, निक्षेप संकलन छ करोड ४५ लाख ६४ हजार पाँच सय ४६ रुपैयाँ ५९ पैसा, ऋण लगानी तीन करोड २१ लाख २३ हजार नौ सय १७ रुपैयाँ ८१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बोधराज सापकोटाले लेखा समितिको प्रतिवेदन र अग्निदेव लुइँटेलले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव देवीभक्त आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here