जङ्गलमा शव फेला

0
342

हेटौँडा,

मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ ।

आज बिहान मनकामना सामुदायिक वनको जङ्गलमा फेला परेको शव मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९÷४० वर्षीया प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यही मङ्सिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here