मोरङ।
मोरङको उर्लाबारीनगरपालिका–५ झुम्राहास्थीत भित्री सडकखण्डमा ट्रिपरको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको ना ८ ख ७०५३ नंबरको ट्रिपरले पैदलयात्री स्थानीय जोगिन्दर मण्डलको छोरी ४ वर्षीया राधिकाकुमारी मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ।
ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






























