पाँचथरमा आगलागीबाट जलेर ७० वर्षीया टंकरानीको मृत्यु

0
534

पाँचथर ।

पाँचथरको फालेलुङ गाउँपालिका–४ मेमेङका ७० बर्षीया टंकरानी थाम्सुहाङको आगलागीबाट मृत्यु भएको छ ।

सोमवार राती साँढे ११ बजे उनको घरमा खाना पकाउने चुलोबाट अचानक आगलागी भई बाँसको टाटी बेरा भएको एक तले कच्ची घरमा आगलागी हुँदा घर भित्र सुतिरहेकी बृद्धाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here