अपाङ्गता भएका व्यक्तिले अवसर पाए अन्य व्यक्ति झै काम गर्न सक्छन्–नगरप्रमुख आचार्य

0
2210

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए भने अन्य व्यक्ति झै काम गर्ने बताएका छन् ।

‘दिगो विकासको लक्ष्य अपाङ्ग मैत्री भविष्य’ भन्ने नारासहित मंगलबार सम्पन्न २८ औँ विश्व अपाङ्ग दिवसका अवसरमा रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगरमा आयोजना गरेको व्हिलचियर वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख आचार्यले उक्त कुरा बताएका हुन ।

प्रमुख आचार्यले अहिले नेपाली साहित्यकाक्षेत्रमा होस वा हिमाल चढ्ने सहशिक काममा, सामाजिक क्षेत्रमा होस या शिक्षा र स्वास्थ्यका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले पुर्याएको योगदान उच्च रहेकाले अब फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तवन गर्न आवश्यक रहेको उनको भनाई थियो । उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण अन्य व्यक्तिलाई हेर्ने भन्दा केही फरक रहेको र अब तत्काल परिवर्तन गर्न जरुरी रहेको नगरप्रमुख आचार्यको भनाई थियो ।

अब उनीहरुलाई दया र कठैवरा भन्नुका साटो अवसर दिए निक्कै ठुल्ठुला काम गर्न सक्ने क्षमता उनीहरुसँग भएको नगरप्रमुख आचार्यले प्रष्ट पारे । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने उनको भनाई थियो ।

उनले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागितार समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताए । अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरू प्रति स्थानीय सरकार जिम्मेवार रहेको उनको भनाई थियो । अपाङ्गता भएका व्यक्ति विभेद र अवरोधका कारण क्षमता हुँदाहुँदै पनि यो मुलुक र समाजबाट धेरै अवसर बाट बञ्चित रहेको भन्दैं अव सरकराले फरक क्षमता भएका व्यक्तिलाई अवसर प्रदान गर्ने विश्वास दिलाए ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताजस्ता विषयलाई आत्मसात गरी स्रोतसाधनलगायत आवश्यक कुराको प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजार्नुपर्ने त्यसक्षेत्रका व्यक्तिहरुको भनाई थियो ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को पक्ष राष्ट्र नेपाल हो । सरकारले उक्त महासन्धिको धारा ९ लाई कार्यान्वयन गर्ने क्रममा सार्वजनिक संरचना र सूचना तथा सञ्चार प्रणालीमा अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न आवश्यक नियम र मापदण्ड लागू गरिसकेको भएपनि अहिले धेरै क्षेत्र अपाङ्ग मैत्री नभएको गुनासो गरेका छन् ।

क्लबका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा झापा मेचीनगर— १ का नरेन्द्र तिम्सिना, लीलादेवी निरौला, मेचीनगर —४ का चेरनु धिमाल, —१० का रमेश दर्जी— ९ का युवराज कटुवालगरी ५ जना फरक क्षमता भएका व्यक्तिलाई व्हिलचियर प्रदान गरिएको थियो ।

मेचीनगर नगरपालिकाको सहकार्यमा नगरभरिका अत्यन्तै आवश्यक भएका व्यक्तिहरुको छनौट गरी व्हिलचियर प्रदान गरिएको क्लबका प्रोजेक्ट निर्देशक दिलीप सुवेदीले बताए । क्लबका सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको आचित्यमाथि प्रकास क्लब व्यवस्थापन संयोजक सुजन प्रधानले तथा स्वागत क्लबका प्रेसिडेन्ट इलेक्ट कृष्णकान्त खनियाले स्वागत गरेका थिए ।

विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस सन १९९२ वाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा विश्वभरि विविध कार्यक्रम सहित यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ ।

शहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका लागि केहि सेवा सुविधाहरू उपलब्ध भएको जस्तो देखिएतापनि गाउँ र दुरदराजमा अझै अपाङ्गता भएका व्यक्तिहरूको अवस्था असाध्यै दयनीय रहेको यसक्षेत्रमा क्रियाशील संघ संस्थाका पदाधिकारीहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here