सहकारीहरु मुलुकलाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्छ–सहकारीमन्त्री साह

0
942

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रकुमार साहले अब हरेक सहकारीहरु मुलुकलाई समृद्घ बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । बुधबार १ नम्बर प्रदेशको झापास्थित मेचीनगर—६ काँकरभिट्टामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि को स्थलगत अवलोनका क्रममा आइपुग्नु भएका मन्त्री साहले यस्तो बताएका हुन ।

सहकारीकै कारण विश्वका धेरै देशहरु समृद्घ बनेको उदारहणहरु प्रस्तुत गदैं मन्त्री साहले नेपालका हरेक सहकारीहरुले पनि संघीय सरकारले अघि सारेको ‘समृद्घ नेपाल सुखी नेपाली’ भन्ने मुल मन्त्रलाई सार्थक बनाउन लाग्नुपर्नेमा जोड दिए । नेपाललाई कृषि प्रधान देश भनिए पनि हरेक खाद्य वस्तुका लागि परनिर्भर बन्नु परेकोमा दुख व्यक्त गदैं अब हरेक सहकारी संस्थाहरुले आयात कम गरी निर्यात बृद्घि गर्न सकिन्छ त्यसतर्फ लाग्न जोड दिए । मुलुक संघीयतामा प्रवेश गरीसकेको भन्दैं उनले अब देशका सातवटै प्रदेश सहकारी मैत्री बन्ने विश्वास दिलाए ।

शुरुमा सहकारी भन्ने वित्तिकै बचत गर्ने र कर्जा लिने संस्था भन्ने हो भन्ने मानशिकता बनिसकेको प्रसंग उल्लेख गदैं मन्त्री साहले पछिल्लो समय जुनरुपमा सहकारीहरु कृषि तथा अन्य उत्पादनकाक्षेत्रमा सक्रिय भए यसले पनि देशलाई समृद्घ बनाउन टेवा पुग्ने बताए । कार्यक्रममा टोलीमा संलग्न २ प्रदेश नम्बर अन्तर्गतको कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति वीरेन्द्रप्रसाद सिहं, सदस्यहरु चमेलीदेवी दास, रुवी कर्ण, कृषि व्यवसाय प्रवद्र्घन सहयोग तालिम केन्द्रका वरिष्ठ कृषि अर्थ विज्ञ ललनकुमार सिहंलगायतले आ आफ्नो विचार प्रस्तुत गरेका थिए ।

संस्थाको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको विगतदेखि वर्तमानसम्मको स्थितिका बारेमा टोलीलाई जानकारी गराएका थिए । अध्यक्ष उप्रेतीले सहभागीहरुको जिज्ञशाको जवाफ दिएका थिए । प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थागत संरचना, सदस्यसम्बन्धि विवरण, २०७६ कात्तिक मसान्तसम्मको वित्तिय संरचना,निक्षेप योजना, कर्जा योजना, कर्मचारी व्यवस्थापन जनशक्ति व्यवस्थापन, सदस्य केन्द्रित राहत तथा व्यवस्थापन, संरक्षित पूजी कोषको वितरणलगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

टोलीमा २ नम्बर प्रदेशसभा सदस्यहरु गैरी नारायण साह, नेत्रविक्रम साह, जानत अन्सारी, मन्त्रालयका सचिव गोविन्दप्रसाद कर्ण, सिम्रनगढ नगपालिकाका प्रमुख विजयशंकर यादव, विषय विज्ञहरु रजनीज मिश्र, विप्लव गुप्ता, अमरचन्द्र मण्डल, राजकुमार साह, जानकीप्रसाद साह, अविनासकुमार झालगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here