चेकजाँचको नाममा सर्वसाधारणलाई सास्ती

0
972

मेचीनगर ।

मेचीनगरवासीले पूर्व पश्चिम लोकमार्गमा हुने चेकजाँचका नाममा सर्वसाधारणले अनावश्यक सास्ती व्यहोर्नु परेको भन्दैं यसलाई व्यवस्थित बनाउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

नेपाल प्रहरीको वार्षिक कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा नगरवासीले खुलेरै आफ्ना गुनासाहरु जिम्मेवार पक्षसँग राखेका थिए ।

सोहि क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी भन्सार कर्मचारीले पाइलैपिच्छे चेकजाक गर्दा सर्वसाधारणले अनावश्यक झण्डझट खेप्नु परेकाले त्यसलाई व्यवस्थित गर्न उनीहरुले माग गरेका छन् । चेकजाँच गर्दा घरायशीका लागि हो वा व्यपारका लागि त्यसको सत्यतथ्य छानवीन गरेर घरायशीका लागि ल्याएका सामानमा व्यवहारिकता बुझ्नुपर्ने उनीहरुको भनाई थियो । ट्राफिक प्रहरीले राजस्वका नाममा संकलन गरेको रकममा समेत शंका गर्दै सहभागीहरुले त्यसको पारदर्शिताका बारेमा समेत प्रश्न उठाएका थिए । उनीहरुले सो रकम कहँँ जम्मा हुन्छ सम्बन्धित पक्षसँग जवाफ मागेका थिए ।

सहभागीहरुले शान्ति सुरक्षा, लागूऔषध दुव्यर्सनी, ट्राफिक गतिविधि, मानव वेचखिन तथा ओसारपासर नियन्त्रणलगायत अन्य समसामयिक विषयमा आफ्ना गुनासा राखेका थिए । नगरमा देखिएका विविध समस्या तथा सम्बन्धित कार्यालयबाट पाउनु पर्र्ने सेवा सुविधा, पूर्वीनाकामा देखिएका विकृतिविसंगति नियन्त्रणमा संघ संस्थाले खेलेको भूमिकाका बारेमा सर्वसाधारणले जवाफ खोजेका थिए । सहभागीहरुले लागूऔषध, चेलीवेटी

बेचविखन, अव्यवस्थित र अस्तव्यस्त मेचीनगरलाई व्यवस्थित गराउने पहलतर्फ सरोकार निकायका जिम्मेवार प्रमुख प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

सहभागीहरुको प्रश्नको जवाफ मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्की, लागुऔष नियन्त्रण व्युरो काँकरभिट्टाका प्रहरी निरीक्षक अजयदेव माझी, ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मी, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेलगायतले दिनुभएको थियो ।

सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलले कार्यक्रमको सभापतित्व गदैं कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो स्वागत उपाध्यक्ष वीना तामाङ तथा सञ्चालन केन्द्रका महासचिव गंगाप्रसाद कोइरालाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here