भद्रपुर ।

कचनकवल फुटबल क्लव झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुर माविको खेल मैदानमा आज भएको खेलमा बिलिभर्स इष्टर्न चर्च मोरङलाई एकको विरुद्ध तीन गोलको फराकिलो अन्तरले पराजित गर्दै कचनकवल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएलगतै मोरङलाई दवावमा राखेका कचनकवलका महेन्द्र नेपालीले १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । एक गोलले पछि परेका मोरङले खेलको १८ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए । मोरङका अनिल तिम्सिनाले गोल गरे ।
त्यसको केहि मिनेट बित्न नपाउँदै कचनकवलका रोमन तामाङले २२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफ्मा मोरङले खेल बराबरी गर्न निक्कै प्रयास गरे । तर, कचनकवलले सो अवसर दिएन । खेलको २२ औं मिनेटमा कचनकवलका रोमन तामाङले गोल गर्दै टिमलाई दुई गोलले अग्रता दिलाए । तामाङले खेलमा दुई गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच कचनकवलका तामाङ घोषित भए । उनलाई ट्रफि र नगदसहित पुरस्कृत गरिएको थियो । बिहीबार हुने पहिलो क्वाटरफाइनल खेलमा आयोजक बिलिभर्स इष्टर्न चर्च भद्रपुर र फुलगाछी फुटबल क्लव बिच प्रतिस्पर्दा हुने खेल संयोजक अनिल लिम्बुले जानकारी दिए ।
ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्धारा आयोजित प्रतियोगिताको विजेता टिमलाई नगद ३० हजार र उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफि प्रदान गरिनेछ ।


























