स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस

0
583

काठमाडौं ।

स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ।

स्मिृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोलका चर्चित गीतहरु प्रस्तुत गर्नेछन्। महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण लगायतको कार्यक्रम पनि हुँदैछ। स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको जन्म विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो।

‘पर्खि बसेँ आउला भनि’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ म त लालिगुरास भएछु, पोखिएर घामको झुल्का जस्ता थुप्रै कालजयी गीत गाएका नारायण गोपलको २०४७ मंसिर १९ गते अर्थात आजैका दिन निधन भएको थियो।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here