प्रकाश सपुत र वर्षा राउतको यस्तो रोमान्स

१९ मंसिर २०७६, बिहीबार मा प्रकाशित

काठमाडौं ।

‘बोलमाया’ का गायक प्रकाश सपुत ‘गलबन्दी’सम्म आइपुग्दा चर्चित मोडका रुपमा स्थापित भइसकेका छन् ।

उनै प्रकाश र पछिल्लो समयकी चर्चित नायिका वर्षा राउतको धमाकेदार अभिनय रहेको सार्वजनिक गीतले सांगीतिक बजारमा औधी चर्चा बटुलीरहेको छ ।

गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको गीतमा छक्का पञ्जा ३ मा सर्वाधिक रुचाइएका पहिलो नम्बरमा बोलको गीतका गायक  डेबिड शंकर र गायिका पूजा सुनुवारको स्वर रहेको छ ।

सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन । अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई उत्सब दाहालले छायाँकन र विकाश दाहालले सम्पादन गरेका छन् ।

दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here