महिला स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मान

0
2307

लक्ष्मी उप्रेती / मेचीनगर,

१६ औं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाले विहिबार स्वयमसेविकालाई सम्मान गरेको छ । नेपालमा हरेक वर्षको डिसेम्बर ५ तारिखको दिन यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष पनि दिवसको नारा ‘गाउँनगरमा महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य प्रवद्र्घन’ रहेको छ । ०४६ सालदेखि स्वयमसेविका पदमा कार्यरत नगरका १५ वटा वडाबाट प्रत्येक १÷१ गरी १५ जना महिलालाई सम्मान गरेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथ नगरप्रमुख विमल आचार्य सभाध्यक्ष उपप्रमुख मीना पोखरेल उप्रेतीले उनीहरुलाई नगदसहित अविर टीका र खादासहित सम्मान गर्नुभएको थियो । विना स्वार्थ स्वयमंसेविकाको भूमिका निभाउदै आएका उनीहरुले उत्कृष्ठ काम गरे वापत स्वयमसेविका पदमा कार्यारत रहि अर्काको पिडामा मलम लगाउदै हिडेका ति महिलाहरुलाई नगरपालिकाले प्रोत्साहन गरेको शाखा संयोजक शशीकला राईले बताउनुभयो ।

मेचीनगर नगरपालिका भित्र ९ वटा स्वास्थ्य संस्था रहेका छन । ९ वटा स्वास्थ्य संस्था मध्ये एउटा वटा प्राथमिक स्वास्थ्य केन्द्र, ५ वटा स्वास्थ्य चौकी, एउटा सामूदायिक स्वास्थ्य इकाई र २ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन । नगरपालिकाले १५ वटा वडामा ९५ जना महिला स्वास्थ्य स्वयमसेविका खटाएको छ ।

कुल स्वास्थ्य स्वयमसेविका मध्ये करीव १० जना महिलाको उमेर ६० वर्ष माथिको छ । उनीहरु अब असक्त भएकाले नगरपालिकाले आफ्नो तर्फबाट केही गर्नुपर्ने आग्रह गरेका छन् ।

दिवसको अवसरमा शुभकामना सन्देश दिदै नगरप्रमुख विमल आचार्यले महिला स्वास्थ्य स्वयमसेविकाको सेवाको प्रशंसा गर्नुभएको छ । उहाँले परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता महत्वपूर्ण काममा स्वयमसेविकाको महत्वपूर्ण भूमिका रहदै आएको कसैले भुल्न नहुने बताउनुभयो । उहाँले स्वास्थ्य स्वयमसेविकाको हक, हित अधिकारका लागि र उनीहरुले पाउने सेवा सुविधकाका लागि स्थानीय सरकार सकरात्मक रहेको बताउनुभयो । सम्बन्धित पक्षसँग सहकार्य र समन्वय गदैं बजेटको अधिनमा रहेर स्वास्थ्य स्वयमसेविकाका लागि पोशाक, तालिम, यातायातगायतसहित कुनै स’श्विधामा कमि आउन नदिने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

उहाँले हरेक नगरपालिकाले पाउने स्वास्थ्य सुविधामा कमि आउन नदिन प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुँच बढाउने तयारी भइरहेको, निर्माणधिन अवस्थामा रहेका नगरक्षेत्रभित्रका स्वास्थ्य केन्द्रको अधुरा काम चाडै पुरा हुने समेत बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वास्थ्य स्वयमसेविकाले समाजमा स्वास्थ्यका क्षेत्रमा पुरयाएको योगदानको चर्चा जति गरेपनि कम हुने बताउनुभयो । अब स्वास्थ्य स्वयमसेविका कार्यविधि बनाएर उनीहरुका हक, हित अधिकार तथा पाउने सेवा सुविधामा कमि आउन नदिने उहाँको भनाई थियो । नियम, विधिको परिधिमा रहेर काम गर्नुपर्ने भएकाले कार्यविधि निर्माणमा ढिलाई भएको उहाँले बताउनुभयो । उहाँले राज्यले स्वास्थ्य स्वयमसेविकाका बारेमा ठोस निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्यकर्मी दीपेन्द्र चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य स्वयमसेविकाकातर्फबाट चन्द्रवती पौडेल, काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख तालबहादुर खडका,स्वास्थ्य शाखा संयोजक शशीकला राईलगायतले बोल्नुभएको थियो । भने स्वागत सहसंयोजक रामनारायण यादवले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here