मेचीनगर,
१ नम्बर प्रदेश सरकारको डिजिटल विद्यालय घोषणा कार्यक्रममा अन्तर्गत झापाको मेचीनगरको धुलावारी माध्यमिक विद्यालयमा विहीबारदेखि तीनमहिने शिक्षक सिकाई क्रियाकलापमा आवश्यक पर्ने सूचना तथा सञ्चार तालिम शुरु भएको छ ।
१ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आगामी बैशाख महिना देखि प्रदेशभरिका १ सय वटा विद्यालयलाई डिजिटल विद्यालय घोषणा कार्यक्रम अन्तर्गत मेचीनगरका धुलावारीसहित काँकरभिट्टा तथा आदर्श माध्यमिक विद्यालय छनौटमा परेका थिए ।
अब हरेक विद्यलाय प्रविधि मैत्री हुनुपर्ने भन्दैं प्रदेश सरकारले एकसय वटा विद्यालय छनौट गरेर डिजिटल विद्यालय घोषणा गरेको छ । १ नम्बर प्रदेश सरकारले डिजिटल शिक्षा प्रयोगमा ल्याएपछि अहिले प्रयोगमा आएका चक डष्टरको प्रयोग अन्त्य हुने छ । छनौटमा परेका विद्यालयबाट एक एकजना शिक्षकलाई प्रदेश सरकारले प्रशिक्षकको तालिम प्रदान गरेको थियो । लिम्बुले प्रदेश सरकारकै खर्चमा ५ दिने आईसिटि तालिम लिनुभएको छ ।

तालिम प्राप्त शिक्षकले अब आफ्ना विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्नुपर्ने छ । प्रशिक्षकले विद्यालयको पढाईमा बाधा नपुग्ने गरी तालिम प्रदान गर्नुपर्ने व्यवस्था अनुसार धुलावारी माविका शिक्षक विनिता लिम्बुले अहिले ६३ जना शिक्षकलाई तालिम प्रदान गरिरहेको सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।
पहिलो चरणमा ३२ तथा दोस्रो चरणमा ३१ ज्ना तालिममा सहभागी रहेका छन् । तालिम पश्चात हरेक शिक्षकको परीक्षा हुने र कमितमा ८० प्रतिशत अंक ल्याउनै पर्छ । उतिर्ण शिक्षकले हरेक कक्षा कोठामा पढाउन जादा कम्प्यूटर प्रोजेक्टर साथमा लिएर जानुपर्छ ।
तालिमको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गनुृभएको थियो । उपप्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर १० का वडाध्यक्ष सुदयकुमार पनेरु, नगरकार्यपालिका सदस्य कृष्ण कनाल, शिक्षक अभिभावक संघका अध्यष लेखनाथ पराजुलीलगायतले अब प्रविधिलाई प्रयोग गर्न नसके पछि परीने भएकाले हरेक व्यक्ति प्रविधि मैत्री बन्न जरुरी रहेको धारणा राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईँ र स्वागत प्रधानध्यापक महेन्द्रविलास लुईँटेलले गर्नुभएको थियो ।































