खानेपानीमा प्रगतिशील प्यानलको उम्मेदवारी घोषणा

0
741

विर्तामोड ।

आगामी मंसीर २५ गते हुन गइरहेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति निर्वाचनका लागि प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवारी घोषणा गरिएको छ ।

निर्वाचन प्रचार प्रसार समितिको आयोजनामा बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा ज्ञानुराम प्रसाई अध्यक्ष रहेको प्रगतिशील प्यानल घोषणा गरिएको हो ।

नयाँ कार्यसमिति निर्वाचनका लागि प्रगतिशील प्यानलको तर्फबाट उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जनबहादुर जवेगु (जेवी) र कोषाध्यक्षमा कमल पौडेलले उम्मेदवारी घोषणा गरेका हुन् ।

यस्तै सदस्यहरुमा प्रगतिशील प्यानलको तर्फबाट पुरुष सदस्य तर्फ शंकरराज ढुङ्गेल, श्रीप्रसाद सिटौला, महिला सदस्य तर्फ सिता सापकोटा र हिमादेवी प्रसाईले उम्मेदवारी घोषणा गरेका हुन् । नौ सदस्यीय नयाँ कार्यसमितिका लागी थप एक जना महिला सदस्य पनि चाडै टुङ्गो लगाइने बताइएको छ ।

निर्वाचन प्रचार प्रसार समितिका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार ज्ञानुराम प्रसाईंले आफूहरु बिजयी भए वैकल्पिक उर्जाको प्रयोगबाट बिर्तामोडमा खानेपानी वितरण गरी उपभोक्तालाई ५० प्रतिशत महसुलमा समेत छुट दिने बताए ।

उनले उपभोक्ताले नयाँ नेतृत्व खोजेको बताउँदै आफूहरु बिजयी भए उपभोक्ताको माग पूरा गर्ने बताए । त्यस्तै प्रगतिशील प्यानलका तर्फबाट उपाध्यक्षका उम्मेदवार बुद्धि घिमिरेले खानेपानीको गुणस्तरीयतालाई कायम राख्न प्रतिवद्ध रहेको बताए ।

उनले धारा जडान कार्यलाई सर्वसुलभ बनाइने बताए । कार्यक्रमको सञ्चालन कार्य सम्पादन समितिका संयोजक सीपी कडरीयाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here