विद्यालयमा बालविकास सहजकर्ता

0
1097

खाँदबारी,

सङ्खुवासभाको चिचिला गाउँपालिकाका सबै विद्यालयमा बालविकास सहजकर्ता नियुक्त गरिएको छ ।

पहिलो चरणमा १७ विद्यालयमा बालविकास सहजकर्ता नियुक्त गरिएको थियो भने यसपटक बाँकी चार विद्यालयमा बाल विकास सहजकर्ता थप गरिएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार चिचिला–१ लोक्तामको जनता आधारभूत विद्यालय, जीवनज्योति आधारभूत विद्यालय, चिचिला–३ त्रिवेणी आधारभूत विद्यालय र चिचिला–३ फाकदामको विकास आधारभूत विद्यालयमा बाल विकास सहजकर्ता नियुक्त गरिएको हो ।

चिचिला गाउँपालिकामा २१ विद्यालय छन्  । सत्र विद्यालयमा गत वर्ष नै बाल विकास सहजकर्ता नियुक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here