झापा।
झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गबाट ३ जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन।
बिहिवार साँझ ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटिएको प्रहरी टोलीले एक युवती सहित ३ जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिर्तामोड बस्ने २१ बर्षीय राजकुमार राजवंशी, ईलाम घर भएका १९ बर्षीय समिर महत र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर रहेकी छिन ।
मे १ ह २४३० नम्वरको अटोरिक्सामा सवार गरी आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमार राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ।
पक्राउ परेका समिर महत भने उनिहरुको सहयोगी रहेको खुल्न आएको छ। नियन्त्रणमा लिईएको अटो र पक्राउ परेका तीनै जना विरुद्ध अनुन्सधान सुरु भएको प्रहरीले जनाएको छ ।






























