अर्जुनधारा ।

झापाको अर्जुनधारा–३मा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पूर्व कार्यसमिति सदस्य मानबहादुर थापा(७९)लाई शुक्रबार एक कार्यक्रमकोबिच सम्मानित गरिएको छ ।
समूहको २४औं स्थापना दिवसको अवसरमा समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सदस्य थापालाई सम्मान पत्र, मायाको चिनो, ढाकाको टोपी र दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
विगत चार वर्षदेखि ग्याङरीङ रोगका कारण हाल उपचाररत् उनलाई सोही कार्यक्रमको अवसरमा समूहले सहयोग रकम पाँच हजार रुपैयाँ उपचारको लागि प्रदान गरेका थिए । २०५५ र २०५८ सालमा कार्यसमितिका सदस्य रहेको उनलाई वन संरक्षणमा पु¥याएको योगदानको लागि सम्मान गरिएको समूहका अध्यक्ष कट्टेलले बताए ।

कार्यक्रममा नगर सभा सदस्यद्धय निर्मला घिमिरे र होमनाथ दुलाल, समूहका लेखा समिति संयोजक रामकुमार महत, सल्लाहकार सदस्य शुक्रराज दुलाल “दीपक”, सम्मानित व्यक्तित्वका कान्छा छोरा डिकबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समूहका उपाध्यक्ष नारायणप्रसाद पौड्यालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सरीता भण्डारीले गरेकी थिइन् ।































