लक्ष्मी उप्रेती/ मेचीनगर ।
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि धर्मले कसैलाई फुटाउने नभई जोड्ने र जुटाउने बताएका छन् ।
झापाको मेचीनगरस्थित धाइजनमा जालापा पाञ्चायन मन्दिरले निर्माण गर्न लागेको जालापा पाञ्चायन मन्दिर सामूदायिक भवनको शिलान्यास समारोहलाई शुक्रबार सम्बोधन गदैं मन्त्री कार्कीले समाजमा हुने धार्मिक गतिविधि सामाजिक अग्रगतिका लागि, विकासका लागि अनुशासन कायम गर्ने कुरामा तथा सामाजिक अपराध न्यूनिकरण गर्ने कुरामा धेरै ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
धर्मकर्मले हरेक मानिसलाई सत्कर्मका लागि अघि बढ्न प्रेरणा मिल्ने बताउँदै मन्त्री कार्कीले तर, धर्मका नाममा जताभावी गतिविधि गर्न नहुने बताए । अहिले हिन्दु धर्मका नाममा केही विकृति भएको भन्दैं मन्त्री कार्कीले धर्मका आडमा धार्मिक गुरुहरुले अहिले जसरी आपारधिक गतिविधिहरु गरेको समाचार बाहिर आएको छ त्यो कसैलाई पनि मान्य नहुने र निन्दनिय भएको भन्दैं त्यस्ता गुरु महाराजाहरु कानुन अनुसार सजायको भागीदार बन्ने बताए । गेरु वस्त्र धारणा गरेर कसैलाई पनि गलत काम गर्ने छुट नभएको मन्त्री कार्कीको भनाई थियो ।
जुनसुकै अपराधमा कनि संलग्न नहोस वा उस्ले जानेर नजानेर कमजोरी नै किन नगरोस त्यो व्यक्ति धार्मिक मठ मन्दिर पुग्न साथ एकपटक आफुले गरेको गल्तीको प्रायश्चित गर्ने र आइन्दा गल्ती नदोहोर्याउने प्रतिवद्घता व्यक्त गर्ने उनको भनाई थियो ।
विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले धर्मले हरेक मानिसलाई सहि मार्गमा डोर्याउने भएकाले एकले अर्काको धर्मको सममान गर्नुपर्ने बताईन् । उनले सत्कर्म, सत्मार्ग र सहि विचारमा हिडाउने मन्त्र नै समाजमा हुने धार्मिक अनुष्ठान भएकाले सवैले यस्ता अनुष्ठानहरुलाई सकरात्मकरुपमा लिनुपर्ने उनको भनाई थियो ।
मन्त्री कार्कीले मेचीनगर—११ स्थित धाइजन बाँनियाँ गाउँमा नव निर्मित जालापा पाञ्चायन मन्दिर सामूदायिक भवनको शिलान्यास समेत गरेका थिए । जालापा पाञ्चायन मन्दिरले अघिल्लो वर्ष आयोजना गरेको श्रीमद्भागवत महापुराण नवाह धान्याञ्चल ज्ञान महायज्ञबाट खरीद गरेको डेढ कठ्ठासहित स्थानीय डिपेन्द्र बाँनियाँले करीव १५ लाख रुपैयाँ मुल्य पर्ने १० धुर जमिन दिवंगत पिताका नाममा मा निःशुल्क प्रदान गरे पछि भवन बन्न लागेको हो । त्यहाँ मन्त्री कार्कीले केही समय पुजा पाठ समेत गरेका थिए ।
मन्त्री कार्की शुक्रबारनै लाल भागिरथा बानियाँ प्रतिष्ठानको केन्द्रीय कार्यालयको उद्घाटन समेत गरे । सोहि अवसरमा प्रतिष्ठानले स्थापना गरेको उत्कृष्ट शिक्षासेवी पुरस्कार मेची बहुमुखी क्याम्पसका भद्रपुरका प्रमुख कमलप्रसाद गुरागाईँ, उत्कृष्ट कृषक पुरस्कार भद्रपुरका भीम कुवंर र उत्कृष्ट बुहारी मेचीनगरकी नितु सुवेदी राउतलाई प्रदान गरियो । प्रमुख अतिथि मन्त्री कार्की, विशिष्ट अतिथि उपप्रमुख उप्रेती, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ, मन्दिर समितिका अध्यक्ष पंण्डित पवनप्रसाद भुर्तेललगायतले सम्मानित व्यक्तित्वहरुलाई नगदसहित फुलमाला, टीका दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
सम्मानित व्यक्तित्व गुरागाईँको सम्मान पत्रको व्यहोरा प्रतिष्ठानका सल्लाहकार संयोजक भाष्करर घिमिरे, कुवंरको प्रतिष्ठानका सदस्य पत्रकार मोहनाकजी र असल वुहारीको प्रतिष्ठानका सल्लाहकार सदस्य मोहनराज दाहालले वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले प्रतिष्ठानको बारेमा चर्चा गरेका थिए । यसैगरी जालापा पाञ्चायन मन्दिर व्यवसथापन समितिले जग्गादाताहरुलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा सामूदायिक भवनका लागि १० धुर जग्गा प्रदान गर्ने डिपेन्द्र बानियाँ र मन्दिरका लागि ९ धुर जग्गा दिने नरबहाद’शर बानियाँ छन् । उनीहरुलाई प्रमुख अतिथि मन्त्री कार्की, विशिष्ट अतिथि उपप्रमुख उप्रेती, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ, मन्दिर समितिका अध्यक्ष पंण्डित पवनप्रसाद भुर्तेललगायतले सम्मान पत्रसहित अविर टीका र दोसल्ला पहिर्याएका थिए ।
कर्यक्रमको सञ्चालन प्रतिष्ठानका सह सचि डम्बर देउजा र स्वागत सचिव मनोज बानियाँले गरेका थिए ।

























