दुईवटा गाडीको ठक्करबाट झापामा एक बृद्धको मृत्यु

0
1017

झापा ।

झापाको मेचीनगर नगरपालिका– १२ र बुद्धशान्ती गाउँपालिका–३ को सिमानामा पर्ने धाईजन चोक स्थित मेची राजमार्गमा बोलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ६ बजे पैदलयात्री सोही गाउँपालिका–३ का ७० वर्षीय हरिप्रसाद न्यौपानेलाई विर्तामोडबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश नं १–०१/००१ ज ३४०० नंबरको बोलेरोले गाडीले ठक्कर दिएर लडाएको थियो ।

त्यस लगत्तै सोहि दिशा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नंबरको गाडीले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी बिर्तामोड स्थित बीएण्डसी अस्पताल ल्याइएकोमा उनको बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने दुबै सवारी साधन तथा चालकलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here