सिलाइ बुनाई श्रमिक संघको गाउँपालिका स्तरीय समिति गठन

0
854

बिर्तामोड ।

झापाको कचनकवलमा नेपाली कांग्रेस निकट इम्बोडरी ह्याण्डीक्राफ्ट तथा सिलाइ बुनाई श्रमिक संघको गाउँपालिका स्तरीय समिति गठन गरिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका झापा जिल्ला सभापति यज्ञप्रताव अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच दुई वटा छुट्टा छुट्टै समिति गठन भएको हो ।

कार्यक्रमका बीच जोगेन्द्र राजबंशीको अध्यक्षतामा एघार सदस्यीय श्रमिक संघ गठन भएको छ भने पर्वतलाल राजबंशीको अध्यक्षतामा नेपाल नाइ संघ गठन भएको छ ।

श्रमिकसंघको महिला उपाध्यक्षमा खिरमनी राजवंशी, खुल्ला उपाध्यक्षमा मोजाहिर मिया, सचिवमा भावना कार्की, सह सचिवमा काँशीलाल राजवंशी र कोषाध्यषमा हेमनारायण राजवंशी रहेका छन् ।

सस्यहरुमा कमला राजवंशी, रवि राजवंशी, रुपचन राजवंशी, निलकुमार राजवंशी र एलिना लामिछाने रहेका छन् । यता नेपाल नाई संघको उपाध्यक्षमा खड्ग हजाम, सचिवमा वहादुरलाल हजाम, कोषध्यक्षमा मखन हजाम, रहेका छन् भने सदस्यहरुमा अर्जुन हजाम, गुनलाल शर्मा ठाकुर, धुरमान हजाम, र हृदय हजाम रहेका छन् ।

नेपाल ट्रेडयुनियन कांग्रेस कचनकवल गाउँइकाई सभापति सञ्जीव प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रेडयुुनियन कांग्रेस झापा सभापति अधिकारीले कार्यसमितिलाई फुल मालाले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here