कमरेड गौंथलीको बाऊमा निहीत अस्थिरताको रहस्य

0
890

व्यंग्यनारान पाँडे,

“गरिखान चइँ देनन् हए पाँडे भाइ, गरिखान देनन् मेरो छेत्रको एरिआका मेरा पर्मानेन्हर्ले नै टिप्पा लाइहाले नि, चोराखन्तीहर्ले !”— भन्दै गत शनिबारभन्दा पहिला ‘अरिजिनल गौंथलीको बाऊको परम्परागत भेष’–मा आएका गौंथलीको बाऊले कुर्सीमा बस्तै भने— “हइट् ! एउडा लइनका साथीभाइ–कार्रेकर्तासँग हिनिराख्या मान्छेलाई झ्वाट्ट च्यान्ज भ’र आर्को लइनमा छलाङ मार्न त डिफिकल पो हुँदो रछ त गाँठे !…. हाम्रो नेपका अदच्छे पर्चण्डज्यू मौसूपलाई दिब्बे तेर बर्खदेखुन् अ‍ैले मलाई जस्तै कतिओटा डिफिकलको साम्ना गर्नु परिरयो होला बिचारा ! एस्तै डेफिकलै डिफिकलले दिमाखको किट्नी रन्केको रन्क्यै हुँदो हो पर्चण्ड मौसूप हजुरको ! कस्तो वाक्क बिचारा ! र त बेहान जेको सपोट गरेर जे भाषण गर्छन् दिम्सो तेसकै बिरोद र दिम्सोको दिवा भाषणमा जे भन्छन् साँजको भाषणमा फेरि तेसकै खण्डन भइरँदो हो पर्चण्ड मौसूपबड ।”….

गौंथलीको बाऊका कुरातिर ध्यान दिएर बिनबिच्चमा आफ्नो रेकर्ड किन बिगार्ने भन्ठानेर मैले मूल मुद्दाको कुरो समाउँदै सोधें— “दाइले धर्मको बिजिनेस थाल्ने भन्नुहुन्थ्यो त अस्ति शनिवार ? थाल्नु भएन ? दारी–जुँगा र कपाल पनि खौरिनु भएछ ! फेटा, रुद्राक्षेको मालाहरु पनि….”

मेरा वाक्य पूरा हुन नपाउँदै उनले खिन्न स्वरमा भने— “आफूले उत्रा बर्खदेखुन् चलखेल गरिराख्या एरिआमा मलाई नचिन्ने को छ र ? मलाई चिन्नेहरु मबडै पर्भाभित भइकन म जस्तै हिन्डुल, बातचीन र खातेपितेमा लागेका न छन् अनि मलाइ उँधेरको सङगतबड टाढा हुन किन पो दिन्थे र ! धर्मको बिख्नेसमा लाग्ने ओजना–इस्टमेट भका दिनदेखनु् कैलुको भट्टी हुटेलमा डेलीको खोयाबिर्के र मासु–मङ्स जस्ता कुभच्छे हाम्रो बेपार–बिख्नेस टन्न गाहाकी नलागुन्जेल मरेकाटे नखाने भन्र अडान राख्ने मतो भयाथ्यो । पढ्के निन्रा लागोस् त थुक्क, तेस्सिमालाने साला ! पाटनर हरिराम बाजेलाई पनि तेस्तै अनुभौले धुमचट हइरान पारेछ । र एक–दुई दिनपछिदेखुन् नै खोयाबिर्केको तिर्खाले शरीरैभरि हेडेक हुन थालो साला । हरिराम बाजेलाई त झन खपिसक्नै भ’नछ । र, हामी दोडाले शिख्खर बैठक गरेर चइनेकेरे इण्डेको गलगलेबड गाँजा लेराउने र घरमै तान्ने मतो गर्यौं । तर स्यानैदेखुन् लागेको झोलाइलो मातक पदार्थ र चोक्टा–चानाको हर्रामी बानीलाई नाथे धुँवाले के तिरिप्त पाथ्र्यो । तइ गाँजा भन्या भग्वान शिब मादेऊको प्यारो निशा हो भन्दै टुइँक्क हुँदा नि धर्मतिर कुरो जोडिँदैन भन्ने ढुक्क थ्यो र मात्तै ।”

मैले खिस्ट्याइँको भाकामा भनें– “अनि खोयाबिर्के र माछा–मासुको तिर्खाले तपाईंहरुले आफ्नो व्यापार–बिजिनेसको योजनै फेल गर्नु भएछ, होइन ?”

उनले अलिक असजिलो मान्दै भने— “क्यार्ने त ? गाँजाले एक–दुई दिन धान्यो नि, आँत हरहर भ’र खप्नुखानु हुन छोडो ! अनि हरिराम र मैले आर्को बैठक गर्यौ र तेसबड निर्लय भए अन्सार राती निकै ढिलो गरेर कैलुको हुटेलमा जाने र सुटुक्क धित् मरुन्जेल घुट्याउने अनि घराँ आ’र थपक्क सुत्ने निदो गर्यौं । पैला–पैला मैले पत्रकार गरेका रुप्पे र रामनाम बाजेले आतेपाते गरेर बटुलेका रुप्पेले डेलीका डेली एसै त गरिन्थ्यो केरे । एस्तो कर्म र कुर्ततको सुइँको अरहर्लाई नदिए चोख्खोको चोख्खो ! होइन्त ?”

मैले प्याच्च केही भन्न आँट्तैथेँ, उनैले उछिनेर भन्न थाले— “अनित्याँड, पढ्के खोयाबिर्केले गलो सिंचाइ गर्न र चोक्टा चपाउन नपाको नउ दिन बाद अस्ति माङलार मुङसिर सत्र गने सत्तमी तिथिको रातीको साइतमा कैलुको भट्टी हुटेलमा पस्यौं । हतार–हतार दुई बदल र बोइलारका पोलेका खुट्टा चापेर रिमझिम भइसक्या थिम् । अजै एकेक बदल घुट्क्यार चइनेकेरे नउ दिन सुक्या लाद्रो नरम बनाउन लाग्दै धर्मको बिख्नेसबड हुने भागबण्डामा कल्ले कति पाउने डिस्केस गर्दैथिम् । तेस्ता ट्याममा चर्काचर्की हुनु सोभाभिक थ्यो । लउउउ तेसैबेला कतातिराड भित्तीका पुच्छर खाएर हो कि मान्ते सुइया लाएर हो रनाहा लाग्ने टपलेट निलेर हो, लठ्ठतम् मातेका आफ्नै अण्डरका पान्टा झ्याप्ले–कुण्डले पानीगुण्डे कार्रेकर्ता धत्तुराउँदै भित्र पसे । तिन्ले हाम्रो धर्मको व्यापारी भेष देखेर थालिहाले कचेडा गर्न ।

राम नाम बाजे स्यानैदेखुनका बाठा ! फेटा, पहेंलो बर्षादि र रुद्राच्छेको माला खालातखुलुत खोली हाले र हात जोर्ने थालिहाले, म परें धानमा । तिनले मेरो रुद्राच्छे माला छिनालेर तेसका गेडा हुटेलको बाइर झरपातका भीडमा छरछार पारे, फेटा झिकेर झारझुर च्याते अनि पहेंलो वर्षादि चइँ एउडा मुन्द्रे चइँले मेरो बयलमानलाई चाइँछ भन्र म बाट खोसेर उसैले भिरो । ती सप्पै आफ्नै कन्टोलका ओर्कर भकाले म केइ बोलिन । तिनले हाम्रो फेटा, माला पहेंलो वर्षादिका बारेमा पस्टिकर्ण मागे बित्तिकै रामनाम बाजेले खत्तम–खलास सप्पै विबर्ण लाइहाले ।

तेससि ती लड्काहर्ले तेस्तो बेपार–बिस्नेस हामी जस्ता भाङधतुरेले गर्नु भनेको भग्वान–भग्वान्नीका नामको बर्को ओडेर–भुकुण्डो ला’र डाका गर्नु हो भन्दै आइन्दा एस्तो सादू भ’र हिन्या देख्यौं भने परहरीमा पुर्यार ठगी मुद्दा चलाउने वार्लिङ गरे । तेसो भनिरको करममा सो–उक्त कुण्डले–झ्याप्लेले चइँ उइलेदेखुन् नै परहरीसित उसको सिण्डिकेट सेटिङ खेला चल्दै आइराखेका कारण ऊ जल्लाइ जेमा पनि जाक्न सक्छ भन्ने पर्सङग पनि जोडो । खोयाबिर्के र मासु–मङ्सको तिस्नाले आँत हर्हर् भका ट्याममा धर्मको बिख्नेस गर्दा लाउने सादू डेरेस नै लाइराख्य थिम् हामी दुबैले र हतारमा तेतिकै ग’छौं र सारा ओजना र इस्टमेट नै लथालिङ्ग भो क्या पाँडे भाइ, सारा सपना चकनाचुर्न भो, तेस्यामालाने ।”

उनी भन्दै गए— “तर कोइ बात छैन । सो–उक्त घटना भकै भोलिपल्ट बुधार बेहान भाग्गेबश उसको देशबड रामदुलारी लाइपुगेकी छे । मैले सप्पै कैरन उल्लाई जाएर गर्दा उल्ले सम्बिर्द नेपाल–सुखी नेपाली भन्या झैं च्वाँक आस्बासन बोल्दै भनेकी छे— ‘तापाइँ नसादू हुनु । भो इता दु–तीन मैना तापाइँको मकानभे बस्छुँ र आपनु बिज्नेस चलान्छुँ र कमान्छुँ और तापाइँको खिलान्छुँ–पिलान्छुँ और तापाइँको खुस भी राख्छु । तापाइँको मो आइ लब इउ कर्छु ।’…तेतिमात्तै काँ भनी र, अरु पनि थुप्रै भनी । अ‍ैले रामदुलारी मेरो घरको मूल ओछेनमै सुतिराखेकी छे मोरी । काली भए नि ख्याल बिउटी छे भन्छउ ? आमइँइँइँ । विचरीका आँखामा रातीको जम्मै निन्रा काँचै छ भन्ने मलाई था थ्यो र मानौताको दिस्टीले उल्लाई बिम्जाउन ठीक नलागेको हुनाले म मात्तै एता आएँ, नत्र उल्लाई पनि लेराउँथे च्याट्टसँग जोडी बना’र ।”…
मैले छेड हानें— “त्यतातिरको पनि तिर्खा थियो क्यार बूढा दाइलाई ।”

उनले हल्लिएका अघिल्ला दाँत जिब्रोले लिरिक–लिरिक पार्दै भने— “तो त अब…तो त अब….धर्मको बेपारमा लाग्ने इस्टमेट मात्तै गर्दा पनि कुनै एउडा र एउडा भग्बानले तथास्तु भन्र रामदुलारी पठाइदेछन् भन्ने त जाँसम्म लाग्या छ नि । मुखले भन्ने कुरो भा अग्गि नै भन्थेँ । तर, अर्जिन्नली म पोल्टिस्यान भका नाताले भन्छु आफूले सँदै सँगै चलखेल गरेका कार्रेकर्ताको मुन–पेट मिलाउन चइँ सारै डिफिकलतम् अप्ठ्यारो हुँदोरछ भन्ने यसबाजी मैले कट्टु अनुभौ पाएँ । एस्तो चइने केरे अनुभौ पाउने मान्छेको दिमाखको किट्नी बेरामी भ’र थिर नहुँदो र’छ ।

तेस दिन मेरो सादू भेषका सर्जाम खोस्सिएर वार्लिङसम्म पाउँदा म के गरुँ र कसो गरुँ भ’र जे पा’तेइ बोल्दै हिंड्या थेँ । रामदुलारी आई, मलाई सबकुछ प्राप्तिको अनुभौ हुन थालिगो र मात्तै । नत्र म ठाम–ठाममै नेपालको कलापानीलाई इण्डेतिरको नस्कामा पर्दानमंत्री केप्पी ओल्लीको पारेका हुन् भन्र शेर्बादुरले भने जस्तै बौला भाषण बास्तै हिन्थेँ पनि कि !….र, अबसम्म त रामदुलारी बिम्जी होली । तुरुन्ताको तु उल्लाई नस्ता खिलाइएन भने फेरि उल्ले पनि रोशनी शाइले किस्नबादुर मोरालाई फँसाए जस्तै फँसाउन पनि बेर नलाउला, होइन्त ?….म हिँडे ल भाइ ! फेरि आउँदै गरम्ला नि ।”…

उनी हिँडे । त्यसपछि मैले मनैमन भनें— “यी कमरेड हूँ भन्दै गर्धन फुलाउने गौंथलीको बाऊको बानी–व्यहोरा माथिल्ला कमरेडहरुको भक्तिभाव गरे बापत संक्रमित अस्थिर भएको होला कि के हो कुन्नि खै !”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here