प्रेमप्रकाश फलाहारीको ‘ज्ञान मार्ग’

0
600

भूवन तामाङ,

पुस्तकको नाम नै ‘ज्ञान मार्ग’ । ज्ञान नै ज्ञान ले भरिपूर्ण छ पुस्तक । यसभित्र मानव मात्रमा नैतिकता, असल आचरण विकासका ज्ञान दिने अनुवाद कथाहरु समावेश छन् । पुस्तकको विशेषता प्रा.डा. गोविन्दराज भट्टराईको विचारबाट छर्लङ्ग हुन्छ ः ‘अनुवाद एउटा यस्तो कला हो, जसले अरुको पुष्पबागमा पसेर त्यसमा कुनै क्षति नपु¥याई महमात्र काड्न सिकाउँछ । त्यही शिल्प भएका सज्जन प्रेमप्रकाश फलाहारीले नेपाली पाठकका निमित्त यो अमूल्य कृति उपहार ल्याउनु भएको छ । यो कृति सन्तश्रष्टा ‘रामचन्द्र दोगरेजी महाराज’को ‘हरिकामार्ग’ शीर्षक कृतिको नेपाली अनुवाद हो । आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक अभियन्ताको रुपमा सुपरिचित फलाहारीजीले अनुवाद गर्नुभएको सुन्दर कृति पढेर म प्रशन्न भएको छु । नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवादक परिचय कोषमा ६२० जना अनुवादक समावेश भएकोमा अब फलाहारीजी थपिनुभएको छ । उहाँ एक समर्पित साहित्य श्रष्टा एवम् मर्मज्ञ हुनुहुन्छ । त्यति कै समर्थवान् अनि कुशल अनुवादकको रुपमा पनि उहाँको श्रेय स्थापित गर्नेछ । यो ‘ज्ञान मार्ग’ नैतिक शिक्षाका निमित्त खदिलो पाठ्य सामग्री हुनेछ ।’ प्रा.डा. भट्टराईको विचार कृतिमा उल्लेख भएका छन् ।

प्राध्यापक तथा साहित्यकार कोमलप्रसाद पोखरेलको पनि यस्तै विचार कृतिमा उल्लेख भएका छन् ः ‘ज्ञान मार्ग’ नामक हिन्दी कथा संगालोका सङ्कलक एवम् सर्जक ‘रामचन्द्र दोगरे’ हुनुहुन्छ । भारतीय आध्यामिक तथा पुराणेतिहासविद्का रुपमा उच्च ख्याति कमाउनुभएका दोगरेलाई भारतीय विद्वानहरुले उच्च सम्मानका साथ आदर गरेका छन् । दोगरेको जन्म सन् १९२६ मा भारतको इन्दोर, मध्य प्रदेशमा भएको देखिन्छ भने उहाँ हुर्की बढेको स्थान चाहिँ वडोदरा, गुजरात रहेको पाइन्छ । उहाँको अध्ययन भारतका विभिन्न स्थानमा र मूलतः काशीमा भएको देखिन्छ । दोगरे उत्कृष्ट भागवत व्याख्याताका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई शुकदेव समान भागवत प्रवक्ताका रुपमा लिइन्छ । किनभने उहाँको जीवन शुकदेवको जस्तै निस्वार्थपूर्ण थियो । उहाँ महान् सन्त हुनुहुन्थ्यो । उहाँले कोही कसैबाट दक्षिणा नलिने, बैंकमा खाता नखोल्ने, कसैबाट कुनै किसिमको आर्थिक सहयोग नलिने, कुनै ट्रष्ट नबनाउने, कसैलाई शिष्य नबनाउने, कसैको गुरु पनि नबन्ने प्रण गर्नुभएको थियो ।

उहाँले वस्त्रका रुपमा धोती र लँगौटी मात्र धारण गरेको पाइन्छ । दोगरेले बाचुन्जेल कुनै किसिमको पाउपोस धारण गर्नुभएन । उहाँ मुङ र बाजराको रोटी एकछाक मात्र भोजन गर्नुहुन्थ्यो । उहाँ सन् १९९१ मा ब्रह्मलीन हुनुभयो । उहाँको धेरै आध्यात्मिक, औपनिषदिक, पूर्वीय दर्शनपरक कृति प्रकाशित छन् । तिमध्ये ज्ञान मार्ग नामक कृति एक हो । यसमा ७४ वटा नैतिक, धार्मिक, आध्यात्मिक एवम् पौराणिक कथाहरु समाविष्ट छन् । यस पुस्तकभित्र भक्ति, ज्ञान र वैराग्य तीनै थोकको रसास्वादन गर्न पाइन्छ । यसभित्र महाभारत, रामायण, श्रीमद्भागवत र अठारवटै पुराणका कथाहरु समाविष्ट छन् । सबै कथा उत्तिकै ज्ञानबद्र्धक छन् । प्रत्येक कथा प्रसंग अनुसार प्रारम्भ गरिने सन्त दोगरेका कलाले पुस्तकलाई अत्यन्त पठनीय रोचक तथा आकर्षक बनाएको छ ।’

रामचन्द्र दोगरे जस्ता उद्भट विद्वान्ले सङ्कलन र सृजन गरेको हिन्दी कथालाई जस्ताको तस्तै छायाँनुवाद गर्ने फलाहारीको कौशल प्रशंसनीय छ । कथा रचना गर्नुभन्दा अर्को भाषाको कथालाई त्यसको मर्म नबिगारी स्रोत भाषासँग निकटस्थ रही छायानुवाद गर्नु निकै कठिन कार्य हो । यो कथानुवाद फलाहारीको तेस्रो पुस्तकाकार कृति हो । कुनै ठूलो शैक्षिक उपाधि प्राप्त नगरे तापनि सरस्वती माताको दृष्टि परेको हुनाले फलाहारी साहित्यकार र अनुवादक बन्न सफल भएका छन् । यसरी प्राध्यापक तथा साहित्यकार पोखरेलद्वारा विचार व्यक्त भएका छन् ।

कृतिभित्रका कथाहरु मध्ये ‘प्रेमको अधिक शक्ति’ शीर्षकको कथा अनुसार, चाँगदेव महान् योगी थिए तर ज्ञानेश्वर नामका एक बालकले उनलाई चुनौति दिए किनकि चाँगदेव हठयोगका बलले मात्र कुनै कुरालाई वशमा राख्न जान्दथे थिए प्रेमको बलमा होइन ।

यस कथाले प्रेम नै सबैलाई आप्mनो वशमा राख्ने शक्ति हो भन्ने ज्ञान प्रवाह गर्दछ । ‘अभिमानले ज्ञान बिर्साउँछ’ शीर्षकको कथा अनुसार, महान ज्ञानी पण्डित वामन शास्त्रार्थमा दिग्विजयी भएका थिए । त्यसैले उनमा अभिमान बढेर गएको थियो । मध्यान्नमा पनि आप्mना दुबैतिर घिउका मसाल बालिरहन्थे । वामनको अभिमानले ज्ञान बिर्साएको प्रसंग जोड्दै कोरा शब्दज्ञानले मानिसमा अभिमान उत्पन्न गर्छ र यसले ज्ञानीलाई पतन गराउँछ भन्ने ज्ञान दिइएको छ । ‘साँचो वैष्णव’ शीर्षको कथामा महाभारतका पात्रहरु भिष्म, अर्जुन र श्रीकृष्णको प्रसंग जोड्दै परमात्मामाथि जसको दृढ विश्वास छ त्यो सच्चा वैष्णव हो भन्ने सन्देश दिइएको छ ।

‘शिवनिर्माल्य’ कथामा बाँदरले जति भोकाए पनि रामफल र सीताफल खाँदैनन् भन्ने सन्दर्भ जोड्दै नियमको पालनाको ज्ञान दिइएको छ । त्यस्तै यसै लेखमा देवालयको आम्दानी दुरुपयोग गर्न नहुने सन्देश दिइएको छ । ‘विघ्नहर्ता परमात्मा’ कथा अनुसार, एक सन्तानहीन दम्पति कहाँ परमात्मा बस्दथे । दम्पतिले परमात्माको सेवा गर्दथे । जब दम्पतिको सन्तान भयो तब दम्पतिले परमात्माको राम्रो सेवा गर्न बिर्सिए । उनीहरुका लागि सन्तान नै ठूलो कुरा भयो । दम्पतिको विवेक फिराउन परमात्माले उनीहरुको सन्तान अपहरण गरे । समयक्रमसँगै दम्पतिको अरुपनि सन्तान भए । दम्पतिले सोच्न थाले कि परमात्माले उनीहरुको भलाईका लागि नै सन्तान अपहरण गरे । दम्पति भगवत भक्तिमा लागे । परमात्माले त्यो दम्पतिलाई लौकिक आनन्द प्रदान गरे । ज्ञान मार्ग कृतिका कथाले यसरी पनि नैतिकता र आचरण विकासको ज्ञान दिन्छ । ‘पागल भूत’ कथाले मानिस कहिल्यै खाली अर्थात् काम बेगर बस्नु हुन्न नत्र कुविचार पलाईहाल्छ भन्ने सन्देश दिन्छ । ‘साँचो भक्त’ कथाले आपूm असल भएपनि अरुको निन्दा गर्नेमान्छे खराब नै हो भन्ने ज्ञान दिन्छ । ‘शरणागत भक्तका रक्षक श्रीकृष्ण’ कथाले मानिस अभिमानी हुनुहुन्न नत्र सही सहयोग पाउन सकिन्न भन्ने ज्ञान दिन्छ ।

यस अनुवाद कृति रामायण, महाभारत, श्रीमद्भागवत, पुराण लगायत थुप्र्रै ग्रन्थहरुमा आधारित उत्कृष्ट कथाहरुले भरिपूर्ण छ । पूर्वीय दर्शनले प्रवाह गर्ने मानवहितका लागि चाहिने सन्देश यस कृतिभित्र पाइन्छ । जसले मानिसमात्रलाई उच्च नैतिकता तथा आचरण शिक्षा प्रदान गर्दछ । धार्मिक, आध्यात्मिक प्रसंगहरु भए पनि समाजका सबै तहतप्काका लागि ज्ञानको मार्ग प्रदर्शन गर्दछ यो कृति । प्रा.डा. भट्टराईका विचार जस्तै विद्यार्थीहरुका लागि त धेरै उपयोगी छन् यसभित्रका कथाहरु तर विद्यार्थीहरुसम्म कसरी पुग्दा हुन् कृतिको प्रतिहरु र पढ्न कसले प्रेरणा दिँदा हुन् ?

खासगरी पुस्तकालय अभियन्ता भनेर कहलिएका प्रेमप्रकाश फलाहारीको प्रमुख अभियानमा धुलाबारीस्थित त्रिफला राष्टिय पुस्तकालय नेपाल राष्ट्र कै नमूना पुस्तकालयको रुपमा चिनिन थालेको छ । त्यसैले पनि फलाहारीमा पठन संस्कृति मौजुद छ । अध्ययनकै परिणाम हो यो अनुवाद कृति ‘ज्ञान मार्ग’ । त्यसैले पनि फलाहारीका कृतिहरु समाजका सदस्यहरुमा नैतिकता, असल आचरण प्रवाह गर्ने स्तरका हुन्छन् । स्वर्गाश्रम नेपाल (पूर्वाञ्चल)ले प्रकाशन गरेको यस नयाँ अनुवाद कृतिका छोटा–छोटा एकै बसाईमा पढिसक्ने रोचक कथाहरुले पाठकवर्गमा अवश्य नै उत्कृष्ट ज्ञान मार्ग प्रदान गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here