पर्यटकीय क्षेत्रलाई १५ करोड: झापाका ३७ पर्यटकीय क्षेत्रको स्तरोन्नति हुँदै

0
601

सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल , बिर्तामोड।

झापाको पर्यटन क्षेत्रको विकासका लागि सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७मा १५ करोड ७५ लाख रुपैयाँ बजेट खर्च गर्ने भएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्वर १ मार्फत जिल्लाका ३७ वटा पर्यटकीय क्षेत्रको विकासका लागि १५ करोडभन्दा बढी वजेट विनियोजन भएको हो । बिनियोजित बजेटबाट पर्यटकीय क्षेत्रको विकासका लागि काम भइरहेको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी मेचीनगरको पर्यटन पूर्वाधार विकासमा स्थानीय सरकारसंग साझेदारी गर्ने गरी दुई करोड रुपैयाँ वजेट विनियोजन भएको नेपाल पर्यटन वोर्ड काँकरभिट्टाकी निमित्त कार्यालय प्रमुख सुस्मिता दाहालले जानकारी दिइन् ।

दाहालका अनुसार अन्य ३६ वटा पर्यटकीय क्षेत्रको विकासका लागि मात्रै १३ करोडभन्दा बढी वजेट बिनियोजन भएको र सबै पालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासको काम भइरहेको छ । दाहालका अनुसार आदिवासी जनजाति स्मृति पार्क निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो पार्क कमल गाउँपालिका–५मा रहेको छ ।

त्यस्तै गौरादह–५मा रहेको मदन भण्डारी पार्क निर्माण क्रमागततर्फ ५० लाख रुपैयाँ वजेट प्राप्त भएको छ भने दमक नगरपालिका–२मा रहेको शहीद पार्क निर्माणको क्रमागतका लागि १० लाख रुपैयाँ वजेट विनियोजन भएको छ ।

हल्दिवारी–५मा रहेको सोडागन्धी सिमसार पर्यटन प्रवद्र्धनका लागि १५ लाख रुपैयाँ बजेट छुट्टिएको छ भने बिर्तामोड–१० मा रहेको मधुपोखरी पर्यटन क्षेत्रको विकासका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चन्द्रगढी सिमसार संरक्षण तथा पर्यापर्यटनका लागि २० लाख रुपैयाँ वजेट विनियोजन भएको छ । यो भद्रपुर नगरपालिका–१० रहेको छ । सतासीधाम धार्मिक तथा पर्यटकीय स्थल पूर्वाधार निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो पर्यटकीय क्षेत्र शिवसताक्षी नगरपालिका वडा नम्वर ११मा रहेको छ ।

गौरीगञ्ज–२मा रहेको चवन्नी सिमसार क्षेत्र तथा कछुवा संरक्षण केन्द्रका लागि २० लाख रुपैयाँ, कनकाई नगरपालिका –९मा रहेको कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्वद्धन केन्द्र स्थापनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यता महाभारा सिमसार पर्यटकीय क्षेत्र विकासका लागि २० लाख रुपैयाँ बजेट छुट्टिएको छ । पाथीभरा शिद्धकाली धार्मिक तथा पर्यटन पूर्वाधार विकास प्रवद्र्धनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जुन क्रमागत योजना अन्तर्गतको रकम हो । यो पर्यटकीय क्षेत्र हल्दिवारी गाउँपालिकामा रहेको छ ।

बहुसांस्कृतिक उद्यान निर्माण दोमुखाका लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । जुन पर्यटकीय क्षेत्र शिवसताक्षी नगरपालिकामा रहेको छ । हात्तीडुब्बा सिमसार तथा पर्यटकीय क्षेत्र विकासका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जुन सिमसार क्षेत्र गाौरादहमा रहेको छ । शिवसताक्षी नगरपालिकामा नै रहेको फूलवारी सिमसार क्षेत्र प्रर्वद्धन कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

दमकमा रहेको शहीद हरि स्मृति प्रतिष्ठानका लागि ३० लाख, भद्रपुरमा रहेको कमलधाप सिमसार पर्यटन पूर्वाधार विकासका लागि एक करोड, कनकाईमा रमणीय पिकनिक स्पोर्ट निर्माणका लागि ८० लाख रुपैयाँ वजेट विनियोजन भएको छ । यो कनकाई नगरपालिका–८मा रहेको छ ।

भद्रपुर नगरपालिका–१मा रहेको दियालो पर्यावरणीय तथा पर्यटकीय सिमसार क्षेत्र निर्माणका लागि ४० लाख रुपैयाँ वजेट विनियोजन भएको छ । गौरादह नगरपालिका–१मा रहेको गौरादह पोखरी पर्यटकीय स्थल निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

वुद्धशान्ति गाउँपालिकामा धारागोला भ्यू टावर निर्माणका लागि ३० लाख, बिर्तामोड नगरपालिकामा रहेको बिराट पोखरीमा पर्यापर्यटन क्षेत्र निर्माणका लागि ३० लाख, मेचीनगर ११ र १२ रहेको कालिका सिमसार तथा पर्यापर्यटन विकासका लागि ५० लाख, कचनकवल–७ बनियानीमा रहेको वाल उद्यान पार्क निर्माणका लागि ५० लाख, अर्जुनधारा–१मा रहेको हलुवागढ सिमसार तथा पर्यापर्यटन विकासका लागि ५० लाख, दमक नगरपालिका–४मा रहेको आलेख पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बुद्धशान्ति–७मा रहेको जरेवर पर्यटकीय पार्क निर्माणका लागि ३० लाख, गौरादह–३मा रहेको धिमधिमे होली सिमसार निर्माणका लागि २० लाख, कनकाई नगरपालिकामा रहेको रानीवन पर्यटकीय क्षेत्र विकासका लागि १० लाख, मेची नगर –६मा रहेको वीपी पुष्पलाल वाटिका तथा शहीद स्मृति प्रतिष्ठानका लागि २५ लाख , कनकाई नगरपालिकामा रहेको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि १० लाख, दमक नगरपालिकामा रहेको धनेश्वर सामुदायिक पार्क पूर्वाधार विकासका लागि ३० लाख , दमक–९मा रहेको कदम थीएटर वहु सांस्कृतिक स्याउपाखा नाट्यघर निर्माणका लागि ६० लाख, अर्जुनधरामा रहेको कैंदले वन पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख, मेचीनगरमा रहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकासका लागि ५० लाख, वुद्धशान्ति–५मा रहेको पाच पोखरी सिमसार तथा पर्यापर्यटन क्षेत्रका लागि ५० लाख र अर्जुनधारा नगरपालिकामा रहेको सुखानी शहीद स्मृति पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

कतिपय पर्यटकीय क्षेत्रको निर्माणका लागि वजेट विनियोजन गरिएको छ भने केही पर्यटकीय क्षेत्रको क्रमागत विकासका लागि बजेट विनियोजन गरिएको नेपाल पर्यटन कार्यालय झापाले जनाएको छ ।

बाह्रदशी र झापा गाउपालिकामा बजेट आएन

पर्यटन विकासका लागि प्रदेश सरकारले झापाका १३ वटा स्थान्ीय तहमा वजेट विनियोजन गरे पनि वाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले पर्यटन विकासका लागि वजेट पाएका छैनन् । पर्यटन क्षेत्रको प्रचुर सम्भावना भए पनि यी दुई पालिकामा प्रदेश सरकारले बजेट नै विनियोजन नगरेपछि बाह्रदशी र झापा वजेटविहीन भएका हुन् ।

एउटै स्थानीय तहमा पर्यटन प्रर्वद्धन तथा पर्यापर्यटनका शीर्षकमा प्रदेश सरकारले दुई वा दुई भन्दा बढी योजना छनौट गरेर बजेट विनियोजन गरे पनि दक्षिणी क्षेत्रमा रहेको वाह्रदशी र झापा गाउँपालिका भने बजेटविहीन बन्न पुगेका हुन् ।
प्रदेश नम्वर १मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुमत रहेको अवस्थामा यी दुई गाउँपालिकामा भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएको कारणले बजेट विनियोजनमा विभेद गरिएको हुनसक्ने सरोकारवालाले बताएका छन् । राजनीतिक पहुँच र आस्थाका आधारमा वजेट बिनियोजन हुँदा पर्यटनको प्रशस्त सम्भावना भएका कतिपय पर्यटकीय स्थल वजेट विहीन बन्न पुगेका छन् ।

वाह्रदशी गाउँपालिकामा ऐतिहासिक महत्व वोकेको बाह्रदशी (साधुकुटी), भेलामुनि, त्रिवेणीधाम, लक्ष्मीथान जस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्र रहे पनि स्थानीय तहका जनप्रतिनिधिले पर्यटीय क्षेत्रको विकासका लागि आवश्यक पहल नगर्दा प्रदेश सरकारको बजेटवाट समेत छुट्न पुगेका छन् ।

त्यस्तै झापा गाउँपालिकामा रहेको रानी सामुदायिक बनसहित विभिन्न पर्यटकीय स्थल वजेटविहीन बन्न पुगेका छन् । झापाको पुरानो सदरमुकामको रुपमा परिचित झापा बजार समेत वजेटविहीन भएको हो । झापा बजार आफैंमा ऐतिहासिक स्थल हो । झापाका १३ वटा स्थानीय तहमा बजेट पुग्नु तर, दुई गाउँपालिका छुट्नुलाई स्थानीय जनप्रतिनिधिको पहल नपुगेको तथा प्रदेश सरकारले समेत वजेट बिनियोजन गर्दा त्यस क्षेत्रको ऐतिहासिक तथा पौराणिक पर्यटकीय स्थलमा ध्यान नपु¥याएको सरोकारवालाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here