मुसहर बस्तीमा कम्बल वितरण

0
723

बिर्तामोड।

बिर्तामोड ३ र १० का बिपन्न मुसहरहरुलाई जाडो छल्नका लागि लायन्स क्लब अफ बिर्तामोड लेडीले कम्बल बितरण गरेको छ ।

मुसहर बस्तीमै पुगेर शनिवार क्लबले २३ परिवारलाई एक÷एक थान कम्बल बितरण गरेको हो । अधिकांश महिला र बालबालिका रहेको मुसहर बस्तीमा न्यानो लुगाको खाँचो भएको जानकारी पाएपछि आफूहरुले कम्बल बितरण गरेको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला खरेलले बताइन् ।

उनले आगामी दिनमा पनि आफ्नो संस्थाले मुसहरहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउन सहयोग गर्ने आश्वासन दिइन् । यसअघि गत दशैंमा सोही संस्थाले त्यहाँका मुसहरहरुलाई दशैं लुगा बितरण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड–१०का वडाध्यक्ष दूर्योधन गुरुङले सरकारी तवरसँगै संघ–संस्थाहरुले पनि पिछडिएका मुसहर समुदायको जीवनस्तर उकास्न मद्दत गर्नुपर्नेमा जोड दिए । उनले बिपन्न मुसहरहरुले आफंै पनि आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्ने बताए ।

लायन्स क्लबका जोन चेयर पर्सन ओम बिमलीले संस्थाले डीजी सप्ताह अन्तर्गत सो राहत बितरण गरेको जानकारी दिए । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघकी उपाध्यक्ष पार्वता बिमली, मुसहर समुदायका अभियन्ता तथा सञ्चारकर्मी इन्द्रसिंह राजवंशी, कान्तिपुर दैनिकका सम्वाददाता अर्जुन राजवंशीले पनि बोलेका थिए । मनिषा बिमलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सुशीला पाठकले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here