छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटना तीन जनाको मृत्यु

0
741

बिराटनगर।

सुनसरी र झापाका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

सप्तरीबाट रामधुनी तर्फ जन्ती बोकेर आउदै गरेको ना ५ ख ४९८९ नम्बरको बसका सह चालक सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४५ वर्षीय सन्तोष गुप्ता बसमा काम गर्ने क्रममा लडेर घाईते भएपछी उपचारको लागी न्युरो अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा शनिबार साँझ ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी ईटहरी उप–महानगरपालिका–१३ खनारमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटारसाईकल चालकको मृत्यु भएको छ । शनिबार बेलुका पौने ८ बजेको समयमा सडकको साईडमा रोकेर ट्रक ड्राईभरले अगाडिको सिसा पुछिरहेको अवस्थामा ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को १४ प ६०२३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक ईटहरी–११ खनारका २५ वर्षीय अशोक चौधरी गम्भिर घाईते भएका थिए भने ट्रक चालक सिन्धुली–६ बस्ने वर्ष ३१ को गंगा प्रसाद नेपाल समेत घाईते भएका थिए ।

घाईते दुबैजनालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा राती साढे १० बजेको समयमा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यता झापाको कन्काई नगरपालिका–७ बिरिङपुल स्थित पूर्व पश्चिम राजमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

शनिबार राती साढे ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ३ जनालाई नै उपचारको लागि बिर्तामोड स्थित बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा मे ११ प २९२८ नम्बरको मोटरसाईकल चालक नितेश न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सोही अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here