अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

0
415

चितवन,

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् ।

उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी रहनुभएको छ । घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ । शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।

उनीहरु सामूहिक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here