हलुवागढ सामुदायिक वनको २२औं सभा सम्पन्न

0
705

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको २२औं साधारण सभा आइतबार सम्पन्न भएको छ ।

समूहका अध्यक्ष चक्र तामाङको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष काजीमान कार्कीले व्यक्त गरेका थिए ।

कार्यक्रममा समूहका अध्यक्ष तामाङले संस्थाको प्रगति प्रतिवेदनसँगै चालु आर्थिक वर्ष ०७६÷०७७को बजेट, नीति तथा कार्यक्रमसहितको प्रतिवेदन, सचिव तारादेवी आचार्यले लेखापरीक्षण प्रतिवेदन र लेखा समितिका संयोजक लीलालराज आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षका लागि अनुमानित दुई करोड ३९ लाख ३५ हजार पाँच सय ११ रुपैयाँ बराबरको बजेट उल्लेख गरिएको छ । जसअनुसार वन विकासतर्फ ७१ लाख ६२ हजार चार सय ७८ रुपैयाँ ४० पैसा, प्रशासनिक खर्चतर्फ ४७ लाख ७४ हजार नौ सय ८५ रुपैयाँ ६० पैसा, महिला सशक्तिकरणतर्फ २९ लाख ८४ हजार तीन सय ६६ रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ २३ लाख ८७ हजार चार सय ९२ रुपैयाँ ८० पैसा, संघ–संस्था तथा मठमन्दिरतर्फ पाँच लाख ९६ हजार आठ सय ७३ रुपैयाँ २० पैसा, खेलकुद तथा स्वास्थ्यतर्फ दुई लाख एक हजार पाँच सय ८३ रुपैयाँ विनियोजन गरेको छ ।

सोही कार्यक्रमको अवसरमा समूहले अनुशासित उपभोक्तातर्फ टोल नम्बर १बाट केशरबहादुर रैका, टोल नम्बर २बाट मोहन दुलाल, टोल नम्बर ३बाट तिलक मग्राती, टोल नम्बर ४बाट पदम रामदाम र टोल नम्बर ५बाट पूर्णबहादुर सिंगर तामाङलाई मायाको चिनोसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गजाधर खतिवडा, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, हचुमासा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष युवराज लोहार, सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्ग गोले, सल्लाहकार समितिकी संयोजक सरस्वती सिटौला गोलेलगायतले धारणासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समूहले सञ्चालन गर्न लागेको वैज्ञानिक वन व्यवस्थापनको १० वर्षे कार्ययोजनाबारे अध्यक्ष तामाङले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन समितिकी सचिव आचार्यले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here