नेपाल डेरी एसोसिएसनको साधारणसभा

0
841

सुरुङ्गा ।

नेपाल डेरी एसोसिएसन प्रदेश नंं १ को दोस्रो साधारणसभा सम्पन्न भएको छ । कनकाई नगरपालिका–२ स्थित प्रजानन्द पशुपालन केन्द्रद्वारा सञ्चालित गाई फार्ममा उक्त साधारणसभा सम्पन्न भएको थियो । सम्मेलन तथा साधारणसभा शहरका अतिथि सदन र पार्टी प्यालेसमा हुने गरेकोमा यो साधारणसभा गाईगोठमै आयोजना गरी प्रतीकात्मक रुपमा गमीणक्षेत्र केन्द्रित हुने सन्देश दिएको आयोजकको दावा छ ।

प्रदेश नंं १ का संयोजक हेमचन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्ड नंं २ का अध्यक्ष परशुराम गिरीले प्रजानन्द पशुपालन केन्द्रका सञ्चालक प्रजापति मैनालीलाई १५÷१५ लिटर क्षमताका २ थान स्टिलका बाल्टी, १ बोरा चोकर, १ बोरा दाना र ५ लिटर शुद्ध तोरी तेल प्रदान गरी साधारणसभाको उद्घाटन गरेका थिए ।

गिरीले किसानहरुले स्वच्छ दूध उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले दूध उत्पादक किसान र दूध व्यवसायीवीचको सहकार्य बलियो बनाउनुपर्नेमा जोड दिए । नेपाल सरकारको कृषि क्षेत्रमा १५ प्रतिशत मात्र बजेट छुट्याउने नीति भए पनि आफ्नो वार्डमा पशुपालन तथा कृषिक्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाल डेरी एसोसिएसनका प्रथम केन्द्रीय उपाध्यक्ष एवम् ऋतिका डेरी उद्योग मेचीनगर–१२ का सञ्चालक राजन कडरियाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पुरा गर्ने हो भने कृषि र पर्यटन क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताए ।

चिमरियाले वास्तविक रुपमा श्रममा रमाउने किसानका पक्षमा सहयोग र अनुदानका कार्यक्रम ल्याउन नेपाल सरकारलाई अनुरोध गरेका थिए । उनले दूध उत्पादक किसान र दुध व्यवसायीका वीचमा सुमधुर सम्बन्ध हुनुपर्ने र मुलकलाई दूधमा पूर्ण रुपमा आत्मनिर्भर बनाउन सकिने बताए । आफ्नो संस्थाले प्रदेश नं. १ का सामुदायिक विद्यालय र अस्पतालहरुमा निःशुल्क दूध वितरण गर्दै आएको बताए ।

कनकाई नगरपालिका वार्ड नं. २ का वार्ड सदस्य घनश्याम मैनालीको विशेष आतिथ्य रहेको साधारणसभामा नेकपा वार्ड नं. २ का इञ्चार्ज भीष्म मैनाली, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूह कनकाई–२ का अध्यक्ष भक्तबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल डेरी एसोसिएसन झापा सचिव भरत ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रम प्रदेश नं. १ का सचिव शरणकुमार पराजुलीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here