बालुवाटारमै बोलाए प्रधानमन्त्रीले क्याबिनेट बैठक

0
880

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले क्याबिनेट बैठक बोलाएका छन् । १० दिन अस्पताल बसाई सकेर बालुवाटार फर्केपछि ओलीले सोमबार पहिलो पटक क्याबिनेट बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बालुवाटारमै बैठक बोलाएका छन् । बैठक छोटो हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । ओलीले ६ नयाँ मन्त्री नियुक्ति गरेपछि क्याबिनेट बैठक एकपटक मात्र बसेको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन् ।

प्रधानमन्त्रीले अस्पतालबाट डिस्चार्ज भएर फर्केपछि आज क्याबिनेट बैठक बोलाउनु भएको हो, प्रधानमन्त्री कार्यालयका एक सदस्यले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here