खेलाडीको भविष्य खोइ ?

0
983

सुष्मा राई,

हाम्रो आफ्नै घरेलु मैदानमा राज्यको अर्बौ खर्चिएर खेल महोत्सव चलिरहेको छ । यो हामी नेपालीहरुको लागि गौरवको बिषय हो । हिजोसम्म कम्युनिष्ट, कांग्रेस र अन्य दलहरु सत्ताको लागि लडिरहेका थिए, आज सिंगो राज्यको लागि खेलाडीहरु १३औं दक्षिण एशियाली खेलकुद (साग)मा लडिरहेका छन् ।

राज्यलाई थुप्रै खेलाडीहरुले पदक दिलाई सकेका छन् । प्रतियोगिताको शुरुवात चरणतिर खेल तालिकामा नेपाल शीर्ष स्थानमा थिए । अहिले किन नेपाल पछि परिरहेको छ ?

खेलाडीहरुको बिचार प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाचार, अन्तरवार्ता सुनिरहेका, पदिरहेका, हेरिरहेका छौं । समाचार पढ्दा र अन्तरवार्ता हेर्दा हामीलाई नै आश्चर्य लाग्ने गर्छ । ‘आफ्नो खेल पोशाक नमिलेर साथीको मागेर खेल खेले’ सागमा राज्यलाई पदक प्राप्त गराउने खेलाडीको कस्तो अवस्था ? राज्यले खेल खेल्नका निम्ति खेलाडीलाई मिल्ने पोशाक दिन सक्ने अवस्था नभएको त होइन होला कि नेपाल आयोजक भनेर नै पुष्टि हुनुपर्ने हो । तर खोइ त ?

पदक दिलाउने खेलाडीहरुले सञ्चारमाध्यममा ‘म मध्यम परिवारको सदस्य’ यो परिचयको शुरुवातमा सबैले खुलाउँदै आएका छन् । ती सागमा राज्यलाई पदक दिलाउने ‘मध्यम परिवार’ लाई राज्यले के देलान् ?

(साग) अन्तर्गत कै सुटिङ खेलमा नेपाली खेलाडीहरू प्रतिस्पर्धी देशहरूसँग हतियार र गोली मागेर सहभागिता जनाए । सुटिङ खेलका लागि आवश्यक सामग्री जोहो गर्न नसक्दा सुटिङ खेलाडीहरुले राष्ट्रको बेइज्त भएको महशुस गर्दा राज्यले के महशुस ग¥यो होला ?

खेलकुद पोशक, खेल सामग्री उपलब्ध गराउन नसक्ने राज्यबाट सामान्य परिवारको आफ्नो परिचय दिने ति खेलाडीले के पाउलान् ? ओलम्पिक खेल खेल्न अहिलेदेखि नै तयारी गरिरहेका, सपना देख्न थालेका ती खेलाडीको सपना भोलिका दिनमा पूरा होला त ?

चीनमा भएको सैन्य प्रतियोगितामा नयाँ कीर्तिमान बनाएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) शुरु हुनु दुई दिनअघि कतार पलायन भइन् । चीनमा समेत राष्ट्रिय कीर्तिमान राखेकी तुलसा जस्तै अन्य कति खेलाडीहरुको पनि हाल त्यस्तै पो हुने हो कि ? त्यो सोचनीय विषय भएको छ । राज्यको यस्तै असहयोगले गर्दा अब भावी पुस्ताको खेल जगत कस्तो होला ? गरीबले त खेल खेल्ने सपना देख्न छाड्नुपर्ने अवस्था आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here