कारले साइकललाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु

0
454

भद्रपुर ।

कारको ठक्करबाट झापामा दुई जना साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला श्रीजंगा गाउँपालिका ४ तेलोक घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने अन्दाजी १९ वर्षीय लीला भन्ने रोवर्ट विष्ट र अन्दाजी २१ वर्षीय शिवप्रसाद सुवेदी रहेको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

प्रहरीका अनुसार गत शुक्रवार राती बिर्तामोड १ स्थित पुरानो यातायात रोडको पूर्व–पश्चिम राजमार्ग अन्तरगतमा दक्षिणबाट उत्तरतर्फ गइरहेको साइकलयात्री विष्ट र सुवेदीलाई सोही दिशातर्फ गइरहेको को २ च ३६२ नम्बरको गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका विष्ट र सुवेदीलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएकोमा साइकल चालक सुवेदीको सोही दिन उपचारको क्रममा मृत्यु भएको थियो । घाइते विष्टको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

बिर्तामोडस्थित भद्रपुर रोडको प्लास्टिक पसलमा काम गर्दै आइरहेका दुवै जना राती डेरा फर्किने क्रममा अर्जुनधारा नगरपालिका बस्ने २९ वर्षीय विक्रम पौडेलले चलाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here