झापामा राँगोसँग जुध्दा जङ्गली गोरु मर्‍यो

0
860

झापा ।

झापाको मेचीनगर नगरपालिका–४ मा सोमवार बिहान राँगोसँग जुध्दा गौर (गौरीगाईको भाले) मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मेचीनगर–४ आलडाँगीमा स्थानीयवासी माइला भुजेलले खेतबाट पराल लिएर आउँदै गरेको राँगा गाढामा रहेको राँगोसँग जुध्दा गौर मरेको हो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सो गौर झापाको जङ्गलमा नभएको र भारततिरबाट नेपाल आएको बताए । उनले राँगोसँग जुधेको गौरको सिङ गाडामा अड्किएको र दुई वटा राँगाको चेपुवामा परेर मरेको हुन सक्ने बताए ।

झन्डै ५ वर्ष उमेरको जस्तो देखिने गौर मरेको स्थानमा डिभिजन वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको टोलीले पुगेर मुचुल्का बनाउन काम भइरहेको छ । मुचुल्का तयारीपश्चात् गौरलाई खाल्डो खनेर पुरिने प्रमुख घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here