भोजपुर।
भोजपुरको षडानन्द नगरपालिका १२ सुनखानी स्थितमा जुनार सर्किएर १ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो १ बजेको समयमा स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका १२ दाइजोरका ५० वर्षीय मानबहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यू भएको हो ।
घटना लगत्तै प्रहरीलेअनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।































