जनचेतनाका विद्यार्थीलाई सहयोग

0
435

सुरुङ्गा ।

लियो क्लब अफ कनकाई सुरुङ्गा र चम्पा फ्लावर्स एकाडेमी सुरुङ्गाले कनकाई–३ स्थित जनचेतना आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमका वीच विद्यालयलाई डस्टबिनहरु तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । सो अवसरमा विद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कमजोर आर्थिक परिवेशबाट आएकाले सहयोग गरिएको बताइएको छ ।

लियो क्लब अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट रोचक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रुद्र गौतम, जनचेतना आधारभूत विद्यालयकी प्रअ सुष्मा कुमाल, चम्पा फ्लावर्स एकाडेमीका संस्थापक विशाल लामा तामाङ, क्लबका सचिव योगेश बस्नेत, कार्यक्रम संयोजक रविन गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अनुप भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here