मिना बस्नेत बालसुवोधिनि विद्यालयकोे वर्ष उत्कृष्ठ आमा

0
670

दुहागढी ।

झापा दुहागढी स्थित बाल सुवोधिनि आधारभुत विद्यालयले वर्ष उत्कृष्ठ आमाको रुपमा मिना बस्नेतलाई सम्मान गरेको छ ।

मंगलवार विद्यालयमा आयोजित आमा भेलाका विच बस्नेतलाई प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेल र विशिष्ट अतिथि कार्यपालिका सदस्य विन्दा प्रसाईले संयुक्त रुपमा दोशल्ला र सम्मान पत्रवाट सम्मान गरेका थिए ।

भेलाले लिला ठकुरीको अध्यक्षतामा आमा समुह समेत पुनरगठन गरेको छ । नवगठित १७ सदस्यीय आमा समुहका उपाध्यक्ष टुकमाया खड्का, सचिव मेनुका सुवेदी र कोषाध्यक्षमा आरती प्रसाईं चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न भेलामा प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिका वारेमा प्रकास पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य मुनिलाल राजवंशीले स्वागत गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष श्रवण कुमार राजवंशी, विशिष्ट अतिथि प्रसाई, प्रमुख अतिथि पोखरेल लगायतले मन्तव्य राख्दै शैक्षीक गुणस्तर अभिबृद्धिमा आमाहरुको योगदानको बारेमा चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here