मानअधिकारको सम्वद्र्धन र संरक्षण गर्नु राज्यको दायित्व

0
795

काँकरभिट्टा ।

झापामा मानअधिकार उल्लंघनका घटना प्रश्स्त रहेको र कुनै न कुनै कारणबाट हरेक व्यक्तिको मानवअधिकार हनन हुने गरेको छ ।

मंगलबार ७१औँ विश्व मानव अधिकार दिवस तथा ११ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको अवसरमा झापाको धुलाबारीमा सम्पन्न कार्यक्रममा मानअधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरले मानअधिकारको सम्वद्र्घन र संरक्षण गर्नु राज्यको प्रमुख दायित्व रहेको बताए ।

उनीहरुले जिल्लामा हिंसा र अपराधका घटनाहरु प्रश्स्त रहेको बताएका थिए । संख्यात्मरुपमा शारिरीक हिंसा भन्दा पनि मानशिक हिंसाका घटना ज्यादैं रहेको उनीहरुको भनाई थियो । अहिले हिंसाको रुवरुप फेरिएपनि जातका आधारमा, वर्गका आधारमा स्वस्थ्य, शिक्षा रोजगारमा विभेद समेत विभेद हुने गरेको मानवअधिकारकर्मीहरुको भनाई छ ।

युथ एडभोकेसी नेपालको आयोजनामा त्रिफला राष्ट्रिय पुस्तकालयमा विभिन्न कार्यक्रमहरु गरी मानव अधिकार दिवसको उपलक्ष्यमा सरोकारवालाहरुसँग प्यानल डिस्कसन तथा मानवअधिकार सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो । प्यानल डिस्कसन कार्यक्रम अन्तरर्गत झापा जिल्लामा मानव बेचविखन अवस्था ः चुनौतीहरु र रोकथामका उपाय, झापा जिल्लाको मानव अधिकारको आवस्था : चुनौतीहरु र आगामी बाटो भन्ने शीर्षकमा डिष्कसन भएको थियो ।

झापा जिल्लाको मानव अधिकारको आवस्था : चुनौतीहरु र आगामी बाटो डिस्कषनमा इन्सेक प्रतिनिधि नरेस खाती, के.आर. फाउण्डेसनकी सबिता भेट्वाल, प्रहरी निरिक्षक कैलाश चौधरी तथा मानव अधिकार विष्णु प्रसाद खरेल वक्ताका रुपमा रहनु भएको थियो ।

झापा जिल्लामा मानव बेचविखन अवस्था : चुनौतीहरु र रोकथामका उपाय भन्ने शीर्षकमा सम्बन्धित व्यक्तिहरुले जवाफ दिएका थिए । त्यस्तै मानव अधिकार सम्मेलन कार्यक्रम अन्तरगत रिडर्स झापाका दामोदर ढुङ्गेल, मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती, कार्यक्रमका प्रमुख अतिथि तथा सांसद राम कार्की तथा मानवअधिकारकर्मी विष्णुप्रसाद खरेलले मानव अधिकार र यसको महत्वको विषयमा आफ्नो विचार राख्नुभएको थियो ।

सोही अवसरमा मानव अधिकारको विषयमा निरन्तर कलम चलाएको भन्दै पत्रकार पर्वत पोर्तेललाई सम्मान समेत गरिएको थियो । पत्रकार पोर्तेललाई ११ हजार नगद सहित सम्मान–पत्रले पुरस्कृत गरीएको थियो ।

कार्यक्रमको सहआयोजना मेचीनगर नगरपालिका तथा विभिन्न स्थानीय संस्थाहरुको सहयोग रहेको थियो । नारायण कडरियाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्ष युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले र युथ एडभोकेसी झापाका संयोजक विनय कार्कीले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here