वैवाहिक वर्षगाँठमा अग्रवाल दम्पत्तीले दिए विद्यालयलाई पानी ट्याङकी

0
1310

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ बा¥हघरेमा रहेको श्री प्राथमिक विद्यालयलाई मंगलबार एक कार्यक्रमकोबिच पानीको ट्याङकी उपलब्ध भएको छ ।

बिर्तामोड–५स्थित रमेशकुमार र दर्शना अग्रवालको ३९औं वैवाहिक वर्षगाँठको सन्दर्भमा अग्रवाल दम्पत्तीबाट उक्त विद्यालयलाई १० हजार रुपैयाँ मूल्य बराबरको पानी ट्याङकी उपलब्ध भएको हो ।

शिक्षक अभिभावक संघका अध्यक्ष मायानाथ घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा एक हजार लिटर क्षमताको उक्त ट्याङकी दाता दर्शनासहित उपस्थित भएका अग्रवाल परिवारका सदस्यहरुले संघका अध्यक्ष घिमिरेलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

दाता अग्रवाल दम्पत्तीको उक्त कार्यको प्रशंसासहित विद्यालयकोतर्फबाट संघका अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापन व्यक्त गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक बालकृष्ण नेपालले र कार्यक्रमको सञ्चालन प्रधानाध्यापक कल्पना दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here