बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

0
536

सुर्खेत,

प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागार्इंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिनुभयो ।

“घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here