प्याब्सन बिर्तामोडको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

0
600

विर्तामोड ।

प्याब्सन बिर्तामोड नगर समितिको आयोजनामा दुई दिवसिय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

प्याब्सन झापाको कार्यतालिका अन्तर्गत विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गायन तथा नृत्य प्रतियोगिता गरिएको प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालले बताए ।

प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्य र प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन बिर्तामोडका सहसचिव हरिकृष्ण पाठकले स्वागत गरेका थिए ।

गायन तथा नृत्य प्रतियोगिता कार्यक्रममा बिर्तामोडका २० वटा विद्यालयहरुको सहभागिता रहेको प्याब्सन बिर्तामोडका उपाध्यक्ष सन्तोष सुव्वाले जानकारी दिए ।

नृत्य प्रतियोगिता अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्मको नृत्य प्रतियोगितामा चिल्डे«न इन्भारोमेन्ट स्कुल प्रथम, रुद्र मेमोरियल अंग्रेजी स्कुल दोस्रो र आदर्श सेकेण्डरी स्कुल (एमीटी )तेस्रो भएको छ ।

त्यस्तै कक्षा ६ देखि ८ सम्मको राष्ट्रिय गीतको नृत्य प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल (एमीटी ) प्रथम, न्यूटन्स एजुकेशन एकेडेमी दोस्रो र कञ्चनजंघा सेकेण्डरी अंग्रेजी स्कुल तेस्रो भएको छ । त्यस्तै कक्षा ९देखि कक्षा १२ सम्मको सांस्कृतिक नृत्य प्रतियोगितामा चिल्डे«न इन्भारोमेन्ट स्कुल प्रथम, निधी मावि दोस्रो , र प्रशान्ति एजुकेशन फाउण्डेशन तेस्रो भएको छ ।

त्यस्तै कक्षा १ देखि कक्षा ८ सम्मको लोकसांस्कृतिक नृत्य प्रतियोगितामा प्रशान्ति एजुकेशन फाउण्डेशन प्रथम, भएको छ । नृत्य प्रतियोगिताको निर्णायकहरुमा लिलानाथ पौडेल र विशाल राई रहेको बताइएको छ ।

त्यस्तै १२ वर्षमुनीकोजुनियरतर्फको गायन प्रतियोगितामा निधी मावि प्रथम, फनमिन इङ्लिस स्कुल दोस्रो, वुद्धस्मृति एजुकेशन फाउण्डेशन र लिटल एन्जलस इङ्लिस स्कुल तेस्रो भएको छ ।

त्यस्तै १२ वर्षमाथिको सिनीयरतर्फको गायन प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल (एमीटी ) प्रथम, विराट ज्योती इङ्लिस स्कुल दोस्रो, न्यूटन्स एजुकेशन एकेडेमी तेस्रो भएको छ । प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरुलाई प्याब्सन झापाको जिल्लास्तरीय कार्यक्रममा सहभागिता गराइने बताइएको छ ।

कार्यक्रमको सञ्चालन प्याब्सन बिर्तामोडका सचिव सुरेन्द्र खरेल र न्यूटन्स एजुकेशन एकेडेमीका को अर्डिनेटर देवेन्द्र हुमागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here