शिवसताक्षीबाट एकसय प्रशिक्षार्थी कोरिया लैजाने

0
678

विनोद सापकोटा/ झापा ।

कृषि तालिमका लागि कोरियाली सरकार अन्य मुलुकबाट भन्दा नेपालबाटै बढी संख्यामा प्रशिक्षार्थी कोरिया लैजान ईच्छुक देखिएको छ । अन्य मुलुकका नागरिक भन्दा नेपालका नागरिक बढी ईमान्दार र भरपर्दा देखीएकाले वढी संख्यामा नेपालीलाई कोरिया लैजान त्यहाँको सरकार तयार देखीएको हो ।

कोरियाली सरकारले कृषि तालिमका लागि विभिन्न ८ वटा देशबाट २५९७ जना प्रशिक्षार्थी माग गरेको छ । त्यसमध्ये नेपालबाट मात्रै ४ वटा जिल्ला छनौटमा परेको कोरियाली सरकारका अन्तर्राट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवले बताए । उनले भने, झापा, धादिङ्ग, धनगढी र नेपालगञ्जबाट कृषि तालिमका लागि प्रशिक्षार्थी लैजान कोरिया सरकारले कानुनी आधार खडा गरिसकेको छ ।

झापाको शिबसताक्षी नगरपालिकाका कम्तिमा एक सय किसानलाई कोरिया लैजान आफु तयार रहेको होङ्ग सुङ्ग युवले बताए । भाषा परिक्षा उत्तिर्ण गर्नु नपर्ने, कोरिया जाँदाको टिकट तालिम प्रदायक कोरियाली कम्पनीले व्यहोर्ने र फर्कदा प्रशिक्षार्थी आफैले टिकट गर्नुपर्ने बताईएको छ । वढीमा ६ महिना सम्म संचालन हुने तालिममा प्रशिक्षार्थीले प्रतिमहिना नेपाली १ लाख ८० हजार पाउने होङ्ग सुव युवले बताए ।

‘हामी जनवरी देखी स्थानीयपालिकासंग समन्वय गरेर प्रशिक्षार्थीको डकुमेन्ट कलेक्सन गर्ने छौ, ।’ हङ्ग सुङ्ग युवले भने, ‘मार्च सम्ममा सवै प्रशिक्षार्थी कोरिया पुर्याउने गरी तयारी त्यहाँको सरकारले गरेको छ ।’ प्रशिक्षार्थीका दुई वटा विमा हुने पनि उनले बताए । ‘स्वास्थ्य र जिवन वीमा त्यहाँको तालिम प्रदायक कम्पनीले गर्ने छ,’ उनले भने– ३५ वर्ष देखी ५० वर्ष उमेर ननाघेका नेपाली कोरिया गएर कृषि तालिममा प्रशिक्षित हुने छन ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको कार्यकक्षमा शुक्रबार भएको साक्षात्कारमा तालिम प्रदायक कम्पनीका तर्फबाट हङ्ग सुङ्ग युवले नेपालीले कोरीयामा ईमान्दार भनेर पहिचान बनाएको भन्दै अन्य मुलुकबाट भन्दावढी संख्यामा प्रशिक्षार्थी लैजानेमा विश्वास दिलाए ।

नगरप्रमुख शेर्माले कोरियाली सरकारले झापाको शिवसताक्षीलाई कृषि तालिमका लागि छनौट गरेकोमा कोरियाली सरकारका अन्तर्राष्ट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युव मार्फत त्यहाँको स्थानीय सरकारलाई धन्यवाद दिए । उनले भने, ‘नगरलाई यो अवसर जुट्दा शिवसताक्षी नगरका हामी नगरबासी धन्य छौ ।’ कोरियामा सिकेको शिपलाई फर्कीएर आफ्नै भूमिमा आएपछी प्रशिक्षार्थीले व्यवहारमा उतारेर नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्नुपर्ने नगरप्रमुख शेर्माले वताए ।

‘नगरले प्रशिक्षार्थी छनौट प्रत्येक वडाबाट छनौट गर्छ, त्यसपछि तालिम प्रदायक कम्पनी र कोरियाली सरकारले पनि छनौट गर्नेहुदाँ यहाँ सवैलाई समान अधिकार र अवसर छ’, नगर प्रमुख शेर्माले भने, कुनै कारणले पनि नगरबासीको यो अवसर गुम्नदिनु हुदैन ।’ कोरियाली मुलुकबाट प्रशिक्षार्थी माग गर्दे शिवसताक्षी नगरपालिका आईपुगेको अन्तर्राट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवको टोलिलाई नगरप्रमुख शेर्माले नगरको कृषि पकेट क्षेत्रको अध्ययन अवलोकन गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here