जनताका ८६ जना छात्रालाई साइकल

0
1023

झापा, 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अहिले झापाका सबै स्थानीय तह जोडतोडका साथ लागि परेका छन् ।
प्रत्येक पालिकाले छुट्टा–छुट्टै ऐन नियम बनाएर सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने कामलाई तिब्र बनाएका छन् । यसै क्रममा झापा गाँउपालिकाले पनि आफ्ना पालिका भित्र रहेका सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्न सुरु गरेको छ ।

जनता मावि शरणामतीका ८५ जना छात्रालाई साइकल वितरण गर्दै गाँउपालिकाले विद्यार्थीलाई पढाई प्रति प्रोत्सहान गर्न अभियान चलाएको गाँउपालिकाका अध्यक्ष जयनारायण साहले बताए । अझै पनि कक्षा ८ पास परेपछि छात्राले अध्ययन छाड्ने गरेको भन्दै उनीहरुलाई पढाईमा निरन्तरता दिन प्रोत्सहान स्वरुप साइकल वितरण गरिएको साहको भनाई छ । साह भन्छन्–नजिकैविद्यालय नहुदाँ कक्षा ८ पास गरेपछि अध्ययनका लागि टाढाको विद्यालय जानुपर्ने भएपछि उनीहरुलाई सहज होस् भन्दै साइकल प्रदान गरिएको हो ।


गाँउपालिकाले डिल्लीराज, कुवाडीदेवी र जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई समेत साइकल वितरण गर्ने भएको छ । जसका १६ लाख बजेट गाँउपालिकाले छुट्टियाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here