व्यवस्थापन तथा उद्यमशीलता तालीम

0
869

पोखरा,

होटल सञ्चालन व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले पोखरामा होटल व्यवसायीलाई व्यवस्थापन तथा उद्यमशीलता तालीम प्रदान गरिएको छ ।

व्यवसायीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्न यस प्रकारको तालीम सञ्चालन गरिएको आयोजक सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालित तालीममा ५० होटल व्यवसायीको सहभागिता छ । विगत वर्षबाट नै सङ्घले आफ्ना सदस्य, पदाधिकारी तथा कर्मचारीका लागि लेखा, प्रविधि तथा व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्दै आएको छ ।

होटल सञ्चालकको माग र सङ्घको आफ्नै योजनाअनुसार यो पटक उद्यमशीलतासम्बन्धी अभिमुखीकरण तालीम सञ्चालन गरिएको सङ्घका महासचिव गणेशराज पहारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here