अर्जुनधारामा प्याब्सनको वृहत सांस्कृतिकसँगै सम्मान कार्यक्रम

२८ मंसिर २०७६, शनिबार मा प्रकाशित

अर्जुनधारा ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन(प्याब्सन) झापाको वार्षिक कार्यक्रम र अर्जुनधारा नगर प्याब्सनको समन्वयमा यही मंसिर ३० गते वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना हुने उक्त प्रतियोगिता अर्जुनधारा–९स्थित प्रगति अङग्रेजी आवासिय माध्यमिक विद्यालयमा सञ्चालन हुने शनिबार सम्पन्न पत्रकार भेटघाटमा नगर प्याब्सनका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक बालगोपाल गौतमले बताए ।

नगर प्याब्सनमा आबद्ध २८ वटा विद्यालयमध्ये आठ वटा प्रा.वि., सात वटा नि.मा.वि. र १२ वटा मा.वि.का नौ सय ५२ जना विद्यार्थीको प्रतियोगितामा सहभागिता रहने संयोजक गौतमले जानकारी दिए । प्रतियोगिता अन्र्तगत मावितर्फ नेपाली लोक भाकामा आधारित सामूहिक नृत्य, आधारभूततर्फ राष्ट्रिय तथा देशभक्ती गीतमा आधारित सामूहिक नृत्य, प्रावितर्फ आधुनिक नेपाली गीतमा आधारित सामूहिक नृत्य, १२ वर्ष मुनिका जुनियर गायन र १२ वर्ष माथिका सीनीयर गायन गरी पाँच वटा विद्यामा विद्यार्थीले प्रस्तुती दिने बताइएको छ ।

अनुमानित चार लाख ५० हजार रुपैयाँ खर्च लाग्ने बताइएको प्रतियोगिताको सबै विधाका विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने नगर प्याब्सनका कोषाध्यक्ष कुमार रायले जानकारी दिए । त्यसैगरी पाँच वटा विधामध्ये मावितर्फको नेपाली लोक भाकामा आधारित सामूहिक नृत्य, १२ वर्ष मुनिका जुनियर गायन र १२ वर्ष माथिका सीनीयर गायनमा प्रथम हुने विद्यार्थी सोही विद्यालयमा पुस १ गते आयोजना हुने जिल्लास्तरिय प्रतियोगिताका लागि छनौट हुने छन् ।

प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गर्ने प्रतियोगितामा विभिन्न विद्यालय र व्यक्तित्वहरुलाई सम्मानित गर्ने कार्यक्रम रहेको नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाले बताए ।

यसरी सम्मानित हुने विद्यालयहरुमा मावि तह अन्र्तगतको कक्षा–१२तर्फ न्यू होप अङग्रेजी आवासिय विद्यालय र रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय, मावि तह अन्र्तगतको कक्षा–१०तर्फ एम्स एजुकेसन एकाडेमी, रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय र सूर्यज्योती अङग्रेजी माध्यमिक विद्यालय र आधारभूत तह अन्र्तगतको कक्षा–८तर्फ सूर्यज्योती अङग्रेजी माध्यमिक विद्यालय, होलिका निम्न माध्यमिक विद्यालय, प्रगति अङग्रेजी आवासिय विद्यालय र रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय रहेका छन् ।

त्यसैगरी विद्यार्थीहरुमा मावि तह अन्र्तगतको कक्षा–१२तर्फ निर्जला गिरी(३.५), राजकुमार बुढाथोकी(३.०१) र लिसा लिम्बू(२.९७), मावि तह अन्र्तगतको कक्षा–१०तर्फ पंकज मिश्र(३.८५), एलिसा दाहाल(३.७५), गौरव इङनाम(३.७५), दिपकबहादुर कार्की(३.७५), रोशन अधिकारी(३.७५), दिव्या कटुवाल(३.७५), अर्चन चेम्जोङ(३.७०), निमेश पौड्याल (३.७०), मनिता बस्नेत(३.७०) र अभिषेक शिवाकोटी(३.७०) र आधारभूत तह अन्र्तगतको कक्षा–८तर्फ रोजिला श्रेष्ठ(३.९०), विशुब पौड्याल(३.९०), भूमिका तिवारी(३.८५), लिजा गौतम(३.८५) र सुभेक्षा नेपाल(३.८०) नेपाल रहेका छन् ।

अन्य सम्मानित व्यक्तित्वहरुमा अर्जुनधारा–२स्थित प्रतिभा नमूना अङग्रेजी आवासिय विद्यालयका संस्थापक सदस्य टंकनाथ आचार्य र अर्जुनधारा–१०स्थित कालिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयकी शिक्षक लेखिका भण्डारी “गीता” रहेका छन् । त्यस्तै अर्जुनधारा–९स्थित प्रगति अङग्रेजी आवासिय माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक डम्बर वान्तवा राईलाई मरणोपरान्त सम्मान गर्ने बताइएको छ ।

नगर प्याब्सनका अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, नगर प्याब्सनका सल्लाहकार टीकाराम गौतमलगायतले कार्यक्रमको विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here