बिर्तामोडमा भूकम्प प्रतिरोधात्मक तालिम सम्पन्न

0
596

अर्जुनधारा ।

नगर श्रमिक हितकोषमा आवद्ध श्रमिकहरुलाई लक्षित गरि झापाको बिर्तामोडमा सञ्चालनरत् पाँच दिवसीय भूकम्प प्रतिरोधात्मक तालिम सम्पन्न भएको छ ।

नगर श्रमिक हितकोषका उपाध्यक्ष यज्ञप्रताप अधिकारीको अध्यक्षता र नगर प्रमुख एवम् हितकोषका अध्यक्ष धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

सहजकर्ता इञ्जिनियर चित्रकुमार केसीले भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी सहजिकरण गरेको तालिममा ३६ जनाको सहभागिता रहेको थियो । भूकम्पको जोखिम र बढ्दो शहरीकरणलाई ध्यान दिई नगर श्रमिक हितकोषद्धारा आयोजित उक्त तालिम आवश्यक रहेको प्रमुख अतिथि नगर प्रमुख शिवाकोटीले बताए ।

वडा समिति १का अध्यक्ष अग्नीप्रसाद पाण्डे, नगर शाखा अधिकृत देवराज कार्की, नगर शिक्षा शाखा स्रोत व्यक्ती केशर खवासलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन नगर रोजगार संयोजक होमनाथ भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here