पशुपालन तथा कृषि प्राविधिक तालिम सम्पन्न

0
731

विर्तामोड ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कन्काई नगरपालिकामा पशुपालन तथा कृषि प्राविधिक तालिमसहित राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा संस्थाका शेयर सदस्यहरुलाई सहकारीप्रति उत्तरदायी बनाउँदै कृषिमा व्यवसायिक बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य गणेश सुवेदीको अध्यक्षता तथा संस्थाका अध्यक्ष संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य सेवाकेन्द्र सुरुङ्गाकी प्रमुख इन्दिरा भट्टराई आचार्यले गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कृषि विभाग अधिकृत राजेन्द्रप्रसाद कडरिया र बिर्तामोड नगरपालिकाका पशु विभाग अधिकृत बिष्णुप्रसाद भट्टराईले सहजीकरण गरेका थिए ।
उनले सदस्य सेवाकेन्द्र सुरुङ्गाका एक सय ५० जना भन्दा बढी शेयर सदस्य कृषकहरुलाई कृषि विमा , बजारीकरण पशु तथा तरकारीमा लाग्ने रोग , खोर निर्माण, घाँस दानाको छनौट र व्यावसायिक पशुपालन र खेतीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको गतिविधिबारे जानकारी गराउँदै तालिममा सहभागिले व्यावसायिक पशुपालन र खेती गरे सहकारीले आवश्यक परेमा ऋण समेत लगानी गरिने जानकारी दिए ।
सोही कार्यक्रममा सदस्य सेवाकेन्द्र सुरुङ्गाका १६ जना शेयर सदस्यहरुलाई विभिन्न समयमा भएका घटनाका आधारमा राहत रकम समेत प्रदानगरिएको थियो ।

कार्यक्रममा अर्जुन उप्रेतीको छोरीको उपचारका लागि ३०५ रुपैँया, जुना राईको देवरको उपचारका लागि १० हजार ३२ रुपैँया, अमृतामाया राईको छोराको उपचारका लागि १० हजार ३२ रुपैँया, मुना राईको आमाको उपचारका लागि ८ हजार ७ सय ५० रुपैँया, सुजीना राईको आमाको उपचारका लागि ८ हजार ७ सय ५०, सन्जुमाया राईको छोराको अप्रेशनका लागि ८ हजार ५ सय ३१ रुपैँया, मुकेशकुमार चौधरीको उपचारका लागि १५ हजार रुपैँया, अमिक्षा अधिकारीको उपचारका लागि ७ हजार ५ सय रुपैँया, रघुनाथ भट्टराईको बुहारीको उपचारका लागि १२ हजार ५ सय, गणेशप्रसाद भट्टराईको श्रीमतीको उपचारका लागि १२ हजार ५ सय, मैसरीमाया विकको छोराको उपचारका लागि ६ हजार २ सय ५० रुपैँया प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा ५० हजारदेखि एक लाख रुपैयाँ शेयर खरिद गर्ने २२ जना शेयर सदस्यहरुलाई प्रसंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here