जनकपुरको संकट मोचन मन्दिर नजिकै शंकास्पद वस्तु फेला

0
837

जनकपुरधाम,

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित संकट मोचन मन्दिर नजिकै शंकास्पद बस्तु फेला परेको छ। सडककै छेउमा राइस कुकर राखिएको छ। उक्त कुकर बम रहेको आशंकामा आइतबार राति १० बजेदेखि नै प्रहरी घेरा हालेर बसेका छन्।

नेपाली सेनाको टोली समेत घटनास्थल छ। कुकर राखिएको ठाउँको चारैतिर घर छ। रातका समयमा मान्छे घरमा रहेकाले अहिलेसम्म सेनाले डिस्पोज गरेको छैन। मान्छेहरु घरबाट निस्किएपछि बम हो कि होइन भनेर सेनाले यकिन गर्ने र बम भए डिस्पोज गर्ने धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

शंकास्पद बस्तुले स्थानीय त्रसित बनेका छन्। घर नजिकै उक्त बस्तु भेटिएपछि रातभर अरुको घरमा बसेको स्थानीय अशोक दत्तले बताए।- थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here