झिलझिले बजारको स्तर उन्नतीका लागि ३७ लाख

0
962

झिलझिले ।

पुर्वपश्चिम राजमार्ग संग जोडिएको शिवसताक्षी नगरकै ठुलो झिलझिले बजारको स्तर सुधारका लागि २२ लाख बजेट विनियोजन भएको छ । शिवसताक्षी नगरकार्यपालिकाको हालै बसेको बैठकले झिलझिले बजारको हाटखोला बजारको स्तर सुधारका लागि २२ लाख बजेट छुट्याएको हो ।

झिलझिले बजारको टहरा जिर्ण वनेको समाचार यस अघि जिल्लाका संचार माध्यमले प्रकाशन प्रसारण गरेका थिए । संचार माध्यममा झिलझिले बजारको टहरा सम्वन्धिको खवर प्रकाशन भएपछि कार्यपालिका वोर्डको प्राथमिकतामा बजेट छु्टयाएको वडा नम्बर २ का अध्यक्ष तथा नगरका प्रमुख सचेतक कुलवहादुर बस्नेतलले बताए । उनले भने, ‘प्राथमिकतामा झिलझिले बजारको टहरा थियो हामीले पनि अनुगमन गर्दा जिर्ण भएको देखेर तत्कालै स्तर सुधारका लागि वजेट छुट्याएका हौ ।’

झिलझिले बजारको टहरा का जस्ता र काठ मक्कि सकेको छ । दिनदिनै हावाहुरी र वर्खा सुरु हुदैछ, स्थानीय एक व्यापारीले भने, ‘यस्तो टहरामा बसेर व्यापार गर्दा ज्यान जोखिममा हुन्छ ।’ ०४० सालमा स्थानीय झिलझिले बजारबासीले ततकालिन सतासीधाम गाविसको सहयोगमा टहरा निर्माण गरेका थिए । त्यसपछी झिलझिले बजारको टहराको जिर्णोद्धार भएको थिएन ।

वोर्डले माईधार, वुलुचौक, जनता बजार र पारावारी बजारको हाटखोलाका लागि ४० लाख बजेट विनियोजन गरेको छ । माईधारका लागि ४ लाख, वुलुचौकका लागि ४ लाख, जनता बजार, ५ लाख र पारावारी बजारको हाटखोलाका लागि ५ लाख बजेट छुट्याएको छ ।स्थानीय उपभोक्तालाई पत्राचार गरि चाडै उपभोक्ता समिति गठन गरेर बजारको हाटखोला निर्माणका लागि योजना अघि बढ्ने सचेतक वस्नेतलले बताए ।

यसैविच झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय साँसद एलपि साँवा लिम्वुले निर्वाचन क्षेत्र पुर्वाधार बिकास कोषबाट १० लाख प्रदान प्रदान गर्ने भएका छन । उनले झिलझिले बजारको स्तर उन्नतीका लागि बजेट प्रदान गर्न लागेका हुन ।

यस्तै प्रदेश सभा (क) का साँसद झलकशिह दर्लामी मगरले निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषबाट झिलझिले बजारको टहराको स्तर सुधारका लागि ५ लाख रुपैयाँ विनियोजन गरेका छन । बजारको टहराको अवस्था जिर्ण देखेर स्तर सुधारका लागि बजेट प्रदान गर्न लागिएको मगरका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here