वेहुलीको सिउँदोमा सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि ४ लाख जरिवाना !

0
1194

झापा।

विवाह मण्डवमा रहेकी वेहुलीको सिउँदोमा सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि वेहुलाले वेहुलीको परिवारलाई चारलाख रुपैयाँ जरिवाना तिरेका छन् । घटना झापाको हो ।

मङ्सिर २९ गतेको दिवा लग्नमा झापाको वुद्धशान्ति गाउँपालिका – २ निवासी न्यौपाने थरकी एक युवतीसंग भद्रपुर नगरपालिका ७ निवासी सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो ।

वैवाहिक कार्यक्रम अनुसार वेहुलाले वेहुलीलाई सिउँदोमा सिन्दुर हाल्ने बेलामा वेहुलाको हात नचलेपछि वेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डवमै खैलावैला मच्चिएर वेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो ।

वेहुला पक्षले वेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । वेहुलाको हात नचलेपछि उनी शारीरिक अशक्तता रहेको भन्दै वेहुली पक्षले वेहुलालाई चारलाख जरिवाना लिएका छन् । जसका लागि वुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेल सहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ ।

वेहुलाले आफू डक्टर भएको भन्दै वेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको वेहुली पक्षको आरोप छ ।

वेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दावि गर्दै वेहुला पक्षसंग चारलाख रुपैयाँ रकम लिएको वुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताउनुभयो । उहाँले भन्नुभयो – समाज बसेर विवाहको लागि भएको खर्चको हिसाव गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन ।

विवाहको कुरा छिनेपछि वेहुला र वेहुली दुवै पक्षले सहमति मै टिकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ ।

यस अघिपनि वुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँद यस्तै घटना घटेको थियो । विवाह लगत्तै वेहुलीलाई छाडेर वेहुलो भाग्दा वेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here